अमृता सुनार/नवलपरासी ,१० चैत
३३ औ विश्व पानी दिवसको अवसरमा सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम सुनवल खानेपानीको प्राङ्गणमा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीको आयोजना एवम खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीको सहकार्य, सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको प्रायोजन र रेङियो परासीको सञ्चार साझेदारीमा हिमनदि संरक्षण, सुरक्षित खानेपानी स्वास्थ जीवन भन्ने नाराका साथ ३३ औ विश्व पानी दिवस मनाइएको हो ।
खानेपानी महासंघ नेपाल नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादव रुदलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा खानेपानी सरसफाई लुम्बिनी प्रदेश महासंघका अध्यक्ष थानप्रसाद गैरे, खानेपानी सरसफाई कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपाने, सुनवल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, जिल्ला महासंघका सल्लाहाकार वृहस्पती अधिकारी, बर्दघाट खानेपानी अध्यक्ष दिपक लम्साल, स्वास्थ्य कार्यलय नवलपरासीका सुकदेव न्यौपाने, रेडियो परासीका प्रबन्धक मेघराज गौतम लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत एवम विषय वस्तु माथि प्रकाश पार्दै अध्यक्ष सापकोटाले पानीको संरक्षण गरेमा मात्र विश्व जगत जिवित रहने बताउदै जिवनको आधार पानी भए पनि यसको संरक्षणमा कसैको ध्यान नपुगेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भगौति यादव रुदलले पानी जिवन लाई सार्थकता दिलाउने चिज भएको हुनाले यसको संरक्षणमा जोडिन सबैलाई आग्रह गर्दै पानी बिनाको जिवन कल्पना गर्न नसक्ने साथै मानिसले सबै कुरा उत्पादन गर्न सक्दछ तर पानी उत्पादन गर्न नसकिने हुनाले त्यसको दिगो संरक्षणका लागी सबैले पहल गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

