सुरेश यादव / नवलपरासी ,९ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई बर्ष अघि निर्माण गरिएको शीतभण्डार आवश्यक कृषि उपजको अभावमा सञ्चालनमा आउन सकेको छैन् । लुम्बिनी प्रदेश सरकार र गाउपालिकाको पाँच करोड बढीको लागतमा निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको शितभण्डार सञ्चालनमा ल्याउन नसक्दा समस्यामा परेको हो ।
शितभण्डार निर्माण गरिएको क्षेत्रमा भण्डारणका लागी आवश्यक कृषि उपज नभएका कारण सन्चालनमा ल्याउन नसकिएको गाउपालिका अध्यक्ष टेकनरायण उपाध्यायले बताएका छन्। उहाका अनुसार गाउँपालिकाको मुख्य बाली भनेको उखु र केरा खेती हो । तर, भण्डारणका लागी आवश्यक पर्ने आलु, प्याजलगायतका तरकारी र फलफुल जस्ता चिज राख्न मिल्ने भएका कारण पनि शीतभण्डार प्रयोग बिहिन अवस्थामा पुगेको बताउनुभयो ।
ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय रहेको भन्दै पालिका अध्यक्ष उपाध्यायले अब निजी क्षेत्रलाई भएपनि ठेक्कामा दिएर सन्चालनमा ल्याउने सोच बनाएको बताउनुभयो ।
यस्तै केरा उत्पादक समिती नवलपरासीका अध्यक्ष लख्खु यादवले किसानहरुका लागी अत्यावश्यक भएपनि सन्चालनमा ल्याउन नसकिदा घाटा सहुनपरेको बताउनुभयो । उहाले बनेका संरचना समेत प्रयोगमा नआउदा खराब बन्दै गएको गुनासो गर्नुभएको छ । तर गाउपालिकाले शितभण्डारमा केरा भण्डारण गर्न नसकिने भएकोले अन्य उत्पादनको समान नहुदा कसरी भण्डार गर्ने भन्ने अन्योल रहेको जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

