Rashtriya Dainik

आयुर्वेद सेवा सम्वन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालीत ३ दिने आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।

२८ गतेबाट सञ्चालन भएको तालीममा जेनरल आयुर्बेद सम्बन्धि दिन चर्या, योगध्यान, , कटीबस्ती,सबाङ्ग लगाएत प्रयोगात्मक कक्षा गरीएको छ । आयुर्बेद औषधालयका कर्मचारीको क्षमता अभिबृद्घि गर्ने उदेश्यले तालीमको आयोजना गरीएको जिल्ला आयुर्बेदका कर्मचारी उमाकान्त जोशीले जानकारी दिनुभयो ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले थप आफ्ना शाखा बिस्तार गरेको जनाएको छ । पछिल्लो समय दिनकै ७० /८० जना सेवागा्रहिहरु आयुर्बेदीक औषधि लिन आउने गरेको कर्मचारीहरुले बताएका छन् । तालिम कार्यक्रममा विभिन्न स्थानीय तहका आयुर्वेदका कर्मचारीलाई सहभागीता रहेको थियो ।

नसर्ने रोगहरुलाई जीबनशैली कार्यक्रमहरु गदै जिल्ला आयुर्बेद स्वास्थ्य केन्दले प्रेशर , सुगरका बीरामीहरु लगाएतका बिरामीहरुलाई समेत सेवा दिदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित