Rashtriya Dainik

बक्तित्वकला प्रतियोगिता सम्पन्न

बिरगंज वडा न.४ बिर्ता स्थित त्रिजुद्ध मा वि काे सभा हलमा वक्तुत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
” सुरक्षित सिकाईको मुल आधार , बाल संरक्षण हामी सबैको सरोकार ” भन्ने मुल नाराका साथ सुरक्षित सिकाई कार्यक्रम अन्तर्गत बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरण बारेमा वक्तुत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ ।

वर्ल्ड एजुकेसनको सहयोगमा , बिरगंजमहानगर पालिकाको शैक्षिक महाशाखाका समन्वय र आसमान नेपालको आयोजनामा सो वक्तुत्व कला प्रतियोगिता भएको हो।
आज भएको वक्तुत्व कला प्रतियोगितामा बिरगंज महानगर पालिका भित्र रहेका १६ विद्यालयका एक छत्र – एक छात्रा गरि ३२ जनाले भाग लिएका छन ।

आसमान नेपालका उपाध्यक्ष कृति केशरीको सभापतित्वमा र बिरगंज महानगर पालिका उप प्रमूख शान्ति कार्की साथै विशिष्ट अतिथि मा शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्ण र त्रिजुद्ध मा बीका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी , बिरगंज महानगर पालिकाका शिक्षा शाखा अधिकृत हरि राउत , जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाह ,उमेश ठाकुर , शोभा शर्मा , सन्चारकर्मी अजित कुमार भुजेल , पब्लिक एफएमका रेखा सिंह , एन्जल चौधरी , आनन्द पटेलको उपस्थिति रहेको थियो ।
वक्तुत्व कला प्रतियोगिताको निर्णायक मन्डलमा बिरगंज महानगर पालिकाका शिक्षा शाखाका महेश राज भट्ट , पब्लिक एफएमका डाईरेक्टर एवंम सामाजिक अभियन्ता प्रकाश थारु , आसमान नेपालका समाजिक परिचालक राजु प्रसाद पटेल रहेका छन ।

सो प्रतियोगितामा भागलिने बिधालयहरुमा कन्या माबी , माईस्थान मा बी, श्री त्रिजुढ मा वि ,ताराचन्द किशनलाल आधारभुत बिधालय , श्री ने. रा. मा. बि. , नेपाल रेल्बे माबी , पन्नालाल मा बी , त्रिभुवन हनुमान मा बी, सुरजी देबि मा बी , कुल्लिया उम्ने कुलसुम ल्लिन बनात स्कुल , श्री पन्डित समधेनी तिवारी आ. बि. , श्री नेरा गिता गजेन्द्रराज विद्यालय का सहभागिता रहेको थियो ।
कार्यक्रम का उद्घोषक पब्लिक एफएम का स्टेशन प्रमूख राजेन्द्र सिंह गर्नु भएको कार्यक्रम मा त्रीजुद्ध मा वि क छात्रा सानु कुमारी प्रथम स्थान, दोस्रो स्थान मा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा की सदस्य निभा यादब र सान्तवना ६ सम्म का प्रतियोगी लाई पुरस्कार वितरण गरिएको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित