Rashtriya Dainik

स्थानीय विकासमा सञ्चारको भुमिका विषयक कार्यक्रम सुस्ताको नौडिहवामा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,७ चैत

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा स्थानीय विकासमा सञ्चारको भुमिका विषयक कार्यक्रम सुस्ताको नौडिहवामा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका शाखा सभापति केशव पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले चुनौतीले भरिएको सुस्ता गाउँपालिकाको विकास र समृद्धिका लागि सञ्चार जगतले खेलेको भुमिका प्रसंशनिय रहेको धारणा राख्दै पालिकाले शिक्षा क्षेत्रको विकासमा ठुलो धनराशि खर्च गरेको प्रसङ्ग उल्लेख गर्दै सामुदायिक विद्यालयहरुमा नतिजामुखी शिक्षा प्रवाह हुनुपर्ने र ढिलासुस्ती तथा समय कटाउने प्रथाको अन्त्य गरिनुपर्ने धारणा पनि राख्नुभयो।

उहाँले खानेपानी,स्वास्थ्य र भौतिक पुर्वाधार तर्फको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा गर्दै अध्यक्ष उपाध्यायले सुस्ताको झोलुङ्गे पुलमा हुँदै आएको दुरुपयोग रोक्न स्थानीय प्रशासन र पालिकाले सामुहिक नीति बनाइ अगाडि बढिने बताउनु भयो।

सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिदै अध्यक्ष उपाध्यायले नदीजन्य सामाग्रीलाई विधि र प्रक्रिया सम्मत ढङ्गबाट टेन्डर प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।

कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले सुस्तामा खानेपानीको व्यवस्था चुनौतीपूर्ण नै रहेकोले सबैको सामुहिक प्रयासबाटै समस्या समाधान गरिने विचार व्यक्त गर्दै चौधरीले सीपमूलक तालिमलाई परिणाममुखी रुपमा अगाडि बढाइने र न्यायीक सेवालाई भरपर्दो र विश्वासनिय रुपमा कार्यान्वयन गरिने धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुस्ता गाउँपालिकामा भएका गतिविधिलाई सत्यतथ्य रुपमा समाचार सम्प्रेषण गरि नागरिकसम्म पुर्याउने प्रेस जगतले आफ्नो जिम्मेवारी पूरा गरेको बताउदै राजस्व संकलनको क्षेत्रमा सुस्ता गाउँपालिकाले नयाँ युगको सुरुवात गरेको बताउदै भुसालले खेलाडी प्रोत्साहनको लागि आकर्षक रकम छुट्याइएको जानकारी दिदै कवर्ड हल निर्माण गर्ने कार्यमा पालिका पुर्ण प्रतिबद्ध रहेको समेत जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपसभापति विकास अधिकारी,पुर्व सभापति हरि शर्मा,संस्थापक सदस्य आर.पि. उपाध्याय लगायतले आफ्नो धारणा राख्नुभएको सचिव अनिल यादवले बताउनु भएको छ।
कार्यक्रममा प्रमुख प्रशिक्षक समेत रहनु भएका लुम्बिनी प्रदेशका रासस प्रमुख भरत के.सी. ले बन्द सत्रको तालिममा सहजीकरण गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित