Rashtriya Dainik

सरावलकाे ललितपुरमा दाेस्राे मधेश महाेत्सव एवं साँस्कृतिक कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,६ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा दाेस्राे मधेस महाेत्सव कार्यक्रम सम्पन्न भएको छ।

सरावल गाउँपालिका र वडा नम्बर ४ काे आर्थिक सहयोग तथा मधेस संस्कृति संरक्षण संस्था ललितपुरकाे आयाेजनामा दुई दिन दाेस्राे मधेस महाेत्सव सम्पन्न भएको हाे ।

मधेस संस्कृति संरक्षण संस्था ललितपुरकाे अध्यक्ष बिष्णु यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा महाेत्सव सम्पन्न भएको हाे।

महाेत्सव समापन समारोहलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले पालिका भित्रका हरेक जातजातिको रितिरिवाज , संस्कृति र संस्कार संरक्षणकाे लागि लागि परेका बताउनुभएको छ। मधेशकाे पहिचान चिनाउनकाे लागि याे पार्क विशेष भुमिका खेल्ने भएकोले यहाँका स्थानीय जनता पनि यश स्थलकाे संरक्षण र प्रबर्द्धनका लागि लाग्नुपर्ने बताउनुभयो । याे स्थानमा अगामि दिनमा पिकनिक स्पाेर्ट र संघ्रालय तथा म्युजियम निर्माण गरि पुर्खा पुरनियाकाे प्रयाेग गरेको समानहरु प्रदर्शनका लागि राखिने बताउनुभयो हाे। अगामि दिनमा पनि सकारात्मक सहयोगकाे अपेक्षा सहित सबै ब्यक्तिकाे सहयोग साथ चाहिने धारणा राख्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।


कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , नेपाली काङ्ग्रेस नवलपरासी उपसभापति अनिल गाैड, नेकपा एमालेका नेता इन्द्र कमल यादव लगाएतले कार्यक्रममाथि चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

दाेस्राे मधेश महाेत्सव एवं साँस्कृतिक कार्यक्रमकाे दास्राे दिनमा नेपाल तथा भारतकाे पहलवानद्वारा कुस्ती प्रदर्शन सहित मधेसीको माैलिकता झल्कने बिविध सांस्कृतिक कार्यक्रम भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित