Rashtriya Dainik

खुल्ला क्रीकेट प्रतियोगिताको उपाधी राजनरायण गेरमीलाई

रन्जीत शर्मा / नवलपरासी / ३० माघ ।

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं ५ गेरमी काे राजनारायण मा०वि० काे खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता-२०७७ सम्पन्न भएको छ।

पाल्हिनन्दन गाउँपालिकाकाे सहयोग तथा उत्तम समाजिक विकास संस्था , युवा सचेतना संस्था र उपकार समाज संस्था र मैत्री समाज नेपाल लगायत संस्थाहरुकाे सहकार्य तथा उज्यालो भविस्य संस्थाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता सुरुवात गरिएको थियो।

समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजक उज्यालो भविष्य संस्थाका अध्यक्ष अमरमणि गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष पाबित्री कोहारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा पाल्हिनन्दन गाउपलिका वडा न० ५का वडा अध्यक्ष ओमप्रकाश गुप्ता , उपकार समाज संस्थाका अध्यक्ष एवम् पत्रकार रन्जीत शर्मा ,पत्रकार आदित्य प्रजापति, राजनरायण मा०वि० व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गौड, प्रहरी चाैकी गेरमीका ईन्चार्ज योगेन्द्र चौधरी, लगायत दुबै टिमका खेलाडी तथा खेलप्रेमीकाे उपस्थिति रहेकाे थियाे।

प्रतियोगिताको फाइनल खेलमा टाच जिति बैटिकिङ गरेको कुश्माले १२ ओभरमा मात्र ३९ रन बनाउन सकेको थियो ।त्यसको जवाफमा उत्तरेको राजनराण मा०वि० गेरमीले ३ ओभर मै लक्ष्य हासिल गरि विजयी बनेको थियो । २९ टिम सहभागीता रहेको कार्यक्रम पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) बाट माघ २० गते उद्दघाटन गरि सुरुवात गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित