Rashtriya Dainik

ईन्दिरा सुगर मिलले उखु खरिद बापतको भुक्तानी नदिदा किसानहरु समस्यामा

सुरेश यादव / नवलपरासी ,४ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा रहेको ईन्दिरा सुगर मिलले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिदा किसानहरु समस्यामा परेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उद्योगले किसानहरुको करिब ६ लाख क्वीन्टल भन्दा बढि उखु क्रसिङ गरिसकेको छ । उखु क्रसिङ गरेपनि उद्योगका सञ्चालक राकेश अग्रवाल विदेश पलायन भएर भुक्तानी रोकिएपछि उनिहरु समस्यामा परेका हुन् ।

उद्योगले रकम भुक्तानी गर्न ढिलो गरेपछि किसानहरुको गुनासोका अधारमा समयमा नै भुक्तानी गरीदिन गाँउपालिकाका अध्यक्ष तथा उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले उद्योगलाई आग्रह गर्नुभएको छ ।

ईन्दिरा सुगर मिलले करिब एक हजार किसानहरुको ५ करोड ३ लाख भुक्तानी गर्न बाँकी छ । साथै उद्योगमा काम गर्ने मजदुरहरुले समेत पुरा तलब पाएको गुनासो गरेका छन् । अध्यक्ष यादवले बक्यौता रकम भुक्तानीको समस्या समाधानका लागी संयन्त्र निर्माण गरेर उद्योगमा रहेको चिनि बिक्रि गरी भुक्तानी गर्ने सहमति गराउनु भएको छ ।

हाल जिल्लामा तिन वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् । सुनवलमा रहेको लुम्बिनी चिनीमिल र सुस्तामा रहेको बागमती खाडसारीले पनि किसानहरुको दश करोड भन्दा बढि रकम भुक्तानी गर्न बाँकी छ । यसरी विगतमा पनि वर्षौदेखि उखु बिक्री बापतको भुक्तानी समयमा नपाउने समस्याका कारण प्रतापपुर र सुस्ताका किसानहरु अहिले वैकल्पिक खेतीको रुपमा केरातर्फ पलायन भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित