बिनोद निगम – नवलपरासी – ४ चैत
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं २ स्थित रहेको न्यु सनराइज सेकेन्डरी इङ्ग्लिश स्कुलले कक्षा १० का ३२ जान विद्यार्थीहरूका लागि भव्य बिदाई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजित गरिएको थियो, जसमा विद्यालयका शिक्षक-शिक्षिका,विद्यार्थी,अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृह राज्य मंत्री देवेन्द्र राज कँडेल तथा विद्यालयका प्रधानाध्यापक उपेन्द्र गुप्तले बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गरे। साथै,विद्यार्थीहरूले विद्यालयसँग जोडिएका आफ्ना अनुभवहरू साझा गर्दै शिक्षकमाथि आभार व्यक्त गरे।

साँस्कृतिक प्रस्तुतिहरू,सम्मान कार्यक्रम तथा विद्यार्थीहरूको मनोभाव व्यक्त गर्ने अवसर कार्यक्रमका प्रमुख आकर्षणहरू रहेका थिए। विद्यालयका प्रिन्सिपलले आगामी एसईई परीक्षा तथा भविष्यका अवसरहरूको बारेमा मार्गदर्शन प्रदान गरे।
कार्यक्रमको अन्त्यमा,विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट स्मृतिचिन्ह प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामनासहित बिदाइ गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

