Rashtriya Dainik

प्रेस युनियनको महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रिय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ ।

शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको आयोजनाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बर्दियामा सम्पन्न केन्द्रिय समिति बैठकले केन्द्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरेपनि स्थान भने तोकेको थिएन ।

केन्द्रिय समितिले स्थान नतोकेको अवस्थामा काठमाडौंले आयोजक बन्ने प्रस्ताव गरेको हो ।

अध्यक्ष दुलालले केन्द्रिय महाधिवेशनका लागि सबैलाई काठमाडौं सहज हुने र झण्डै आधा महाधिवेशन प्रतिनिधि काठमाडौ र आसपासमै रहेकाले महाधिवेशनको खर्च पनि कम हुने र व्यवस्थापन पनि सहज हुने बताएका छन् ।

त्यस्तै, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरिरहेका सञ्चार गृहलाई तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित