Rashtriya Dainik

गरिबी,अशिक्षा र अज्ञानताका कारण बढदै गएको मानव तस्करीलाई जनचेतनामूलक कार्यक्रमबाट रोकथाम गर्न सकिने

आरपि उपाध्याय / नवलपरासी ,४ चैत

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा आयोजित एक कार्यक्रमका वक्ताहरुले गरिबी,अशिक्षा र अज्ञानताका कारण बढदै गएको मानव तस्करीलाई जनचेतनामूलक कार्यक्रमबाट रोकथाम गर्न सकिने बताएका थिए।

उनीहरुले पुरानो सोचलाई परिवर्तन गरि नयाँ सोचलाई ग्रहण गर्दै सकारात्मक परिवर्तनका लागि बढेका नेपालका संघसंस्थाहरुलाई सबै सरोकारवाला निकायहरुले सहयोग गर्नुपर्ने सुझाव दिदै गण्डक ब्यारेज नाकाबाट हुँदै आएको मानव तस्करी पुर्ण नियन्त्रण नभए पनि क्रमिक रुपले घटेको तर्क प्रस्तुत गरेको जानकारीमा आएको छ।

ज्योति सामुदायिक विकास सेवा नेपाल भरतपुर ११ चितवनको आयोजनामा मानव बेचबिखन न्यूनीकरण तथा रोकथामका लागि सरोकारवाला निकायहरुबिच भएको अन्तर्कृया कार्यक्रममा बोल्ने वक्ताहरुले सो धारणा राखेका हुन ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी विनयी त्रिवेणी गा.पा. उपाध्यक्ष भगवती बैधवारले अधिकार माग्दा कर्तव्यलाई कहिल्यै बिर्सन नहुने बताउदै मानव तस्करीलाई रोकथाम गर्न सिमा क्षेत्रमा निगरानी बढाउनुको साथै मानव तस्करी बढ्नुका कारण पत्ता लगाइ त्यसको रोकथाम,नियन्त्रण तर्फ लाग्नु सबैको कर्तव्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले हिंसामुक्त समाज, वडा कार्यालय, ज्योती नेपाल लगायत संस्थाहरुले सामुहिक रुपमा कार्ययोजना बनाइ अघि बढिएमा मानव बेचबिखन कार्य नियन्त्रण गर्न सकिने सुझाव दिनुभएको थियो।

सो अवसरमा ज्योति सामुदायिक विकास सेवा नेपालका कार्यकारी निर्देशक राजन सुनारले कार्यक्रमको उद्देश्य सहित प्रगती विवरण प्रस्तुत गर्दै रोजगार र सीपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउदै मानव तस्करीबाट हुने विकृतिबारे सामजिक संघसंस्थाहरुले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको खण्डमा त्यस्ता खाले सामाजिक विकृति रोक्न सकिने जिकिर गर्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्की,वडा न.७ की महिला सदस्य शोभा क्षेत्री, हिंसामुक्त समाज अभियानकी अध्यक्ष भागिरथा घर्ती मगर,भेषराज खनाल,ईलाका प्रहरी कार्यालय त्रिवेणीका असई करमुल्ला धोबी,ज्योति नेपाल नवलपुर शाखा प्रमुख कृतिका ओली लगायतले सुझाव सहित आफ्नो धारणा राख्नुभएको थियो।

२०७७ सालमा स्थापना भएको ज्योति नेपाल नवलपुर शाखाले त्रिवेणी सिमा नाकामा बेचबिखन विरुद्धको सिमा निगरानी कार्यक्रम गर्दै आएकोमा सोधपुछ र परामर्श तर्फ १,८१८ तथा उद्धार तर्फ १२० को सङ्ख्या रहेको विवरणबारे जानकारी गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित