Rashtriya Dainik

जनगणतन्त्रको माग गर्दै नवलपरासीको सुस्तामा प्रर्दशन

नवलपरासी(सुस्ता)३ चैत्र – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीको आयोजना र पार्टीको सुस्ता गाउँ सङ्गठन समितिको संयोजनमा ’जन सम्बन्ध विस्तार अभियान’ उद्घाटनको पुर्ब सन्ध्यामा जनगणतन्त्र स्थापनाको लागि संघर्ष थालनी स्वरुप सुस्ता– १ रुपौलियामा मसाल जुलुस एवं कोण सभा गरिएको छ ।
दलाल संसदीय ब्यवस्थाको अन्त्य र आधारभुत बर्गहरु किसान,मजदुर,भुमिहीन,सुकुम्बासी, महिला, दलित,जनजाति, मधेशी र उत्पीडित सबै जनसमुदायको बिभिन्न मागलाई लिएर बिरोध प्रर्दशन गरिएको हो ।
सुस्ता–१ बनधरीबाट नाराबाजी सहित मसाल लिएर अगाडी बढेका आधारभुत वर्गका प्रतिनिधिहरुको जुलुसले फेचुहाचोक हुदैं रुपौलिया चोकमा पुगेर जुलुसलाई कोणसभामा परिणत गरेका थिए ।
कोणसभामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले दलाल संसदीय ब्यवस्थाको अन्त्य गर्दै संघीय जनगणतन्त्रमा मुलुकलाई लैजान संर्घष आवश्यक रहेको बताउनुभयो । संघीय जनगणतन्त्रमा मात्र राष्ट्रियता, जनतन्त्र र जनजिविकाको ग्यारेण्टी हुने उहाँको भनाई थियो ।
उहाँले संसदीय ब्यवस्थाका मतियारहरु नेपाली काँग्रेस , एमाले र माओवादी केन्द्रले जनतालाई झुक्याइरहेको भन्दै उनीहरुको गलत रवैयाका कारण राजतन्त्रपक्षधरले टाउको उठाएको चर्चा गर्नुभयो ।
उहाँले मुलुक पश्चमगनतर्फ नभई अग्रगमन तर्फ जाने उल्लेख गर्दै त्यसैको तयारी स्वरुप सबै जनवर्गलाई समेटेर पार्टीले संर्घषको अभियान ल्याएको जानकारी दिनुभयो । सशक्त रुपमा आन्दोलन उठान गर्दै जनविद्रोह मार्फत जनगणतन्त्र स्थापना गर्न सकिने उहाँको विचार थियो ।

फरक प्रसंगमा उहाँले जिल्लाको वर्गसंर्घषको उठानका लागि ’जन सम्बन्ध विस्तार अभियान’ निकै महत्वपुर्ण रहेको प्रष्ट पार्नुभयो । कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेलले गर्नुभएको थियो ।


कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी , क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारी, तमु मोर्चाका संयोजक यम बहादुर गुरुंग, क्रान्तिकारी महिला संगठन जिल्ला संयोजक मुक्तमाया महतो,थारु मोर्चाका संयोजक मेखनारायण चौधरी , मगर मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक गोबिन्द साठीघरे, एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा संयोजक सोमबहादुर विश्वकर्मा , कुमाल मोर्चाका जिल्ला संयोजक बल बहादुर कुमाल, पार्टीका जिल्ला सल्लाहकार गणेश विश्वकर्मा, अखिल (क्रान्तिकारी)का जिल्लास्तरका नेताहरु शत्रुघन ठाकुर, प्रदीप कुमार हरिजन ,लक्ष्मण केवट, लगायत सहभागी हुनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित