मिना के.सि / नवलपरासी ,३ चैत
पश्चिम नवलपरासीको सुनवल ४ स्थित श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वनका बारेमा सर्बपक्षीय बैठक सम्पन्न भएको छ।
श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वनका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा धार्मिक वन दर्ता, धार्मिक वनको नीति योजना, डि. पी. आर. संरचना, प्रदेश सरकारबाट बिनियोजित बजेट , केन्द्र, प्रदेश र पालिकाबाट बजेट माग , धार्मिक वनक्षेत्र भित्र झाडि फडानी सरसफाइ कार्यक्रम लगायतका विषयमा छलफल गरिएको थियो।

बैठकमा सुनवल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी, महकवी देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, समाजसेवी देबी घिमिरे, मुलपानी सामुदायिक बनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, सत्मार्गका वरिष्ठ उपाध्यक्ष तथा समासेवी मोहन कार्की, सल्लाहकार उमाकान्त उपाध्याय, तारा बराल, संजय श्रेष्ठ, लगायतले आ आफ्नो धारण राख्नुभएको थियो ।

त्यस्तै बैठकमा समासेवी भविश्वर तिवारी, यमलाल पाण्डेय , दिलकुमारी बुढा मगर ,कृष्णबन्धु अर्याल , सल्लाहकार गोपाल प्रसाद पाण्डे ,गोपाल प्रसाद शर्मा,दिलकुमारी बुढा मगर , बिष्णु प्रसाद न्यौपाने, बाबुराम भट्टराई,कुन्ता तिवारी लगायत श्रीकृष्ण धाम बिकास समितिका कार्यसमिती लेखा समिती सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

धार्मिक बनको डिपिआरका बारेमा इन्जिनियर हेमन्त पाण्डेयले जानकारी गराउनु भएको बैठककको संचालन मुरली गौतमले गर्नु भएको थियो ।

बैठक समापन समापन श्री कृष्ण धाम बिकास समितिका अध्यक्ष यमप्रसाद ढकालले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

