Rashtriya Dainik

प्रेस युनियनमा डोटीमा आबद्ध पत्रकारहरूकाे दुर्घटना बिमा

माघ ३० गते ,डोटी -नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना तथा जाेखिम बिमा गरिएकाे छ ।
एशियन लाईफ ईन्स्याेरेन्स दिपायलले एक लाख बराबरकाे बिमा गरिदिएकाे प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।

एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जाेखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जाेखिम बिमा गरि दिएकाे पण्डितले बताए । उनले भने ,’ ज्यानकाे बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएकाे हो । आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे ।’

शाखाले ५० तथा प्रेस युनियन डाेटीले २० जना वापतकाे बिमा शुल्क ब्यहाेरेकाे अध्यक्ष बमले बताए ।
डाेटीमा ०६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै अाएकाे एशियन लाईफ ईन्स्याेरेन्स डाेटीकाे पुरानाे बिमा कम्पनि हाे । एशियनले डाेटीबाट नै सबै प्रकारका बिमाहरूकाे भुक्तानी गर्दछ । जीवन बिमा काेष २३ अर्ब रहेकाे एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएकाे प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफकाे देशभर १४० शाखा कार्यालय रहेकाे छ ।

यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे सहयाेगमा लुम्बिनी ईन्स्याेरेन्समा युनियन अावद्व ९२ पत्रकारहरूकाे काेराना बिमा गरिएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित