आरपि उपाध्याय /नवलपरासी ,२ चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको गजेन्द्र मोक्ष दिव्य धाममा हालै सम्पन्न वार्षिकोत्सबको समिक्षा तथा धामदेखी मुक्तिनाथसम्म निकाल्ने रथ यात्रा व्यवस्थापनको लागि तयारी बैठक गजेन्द्र मोक्ष धाममा सम्पन्न भएको छ।
गजेन्द्र मोक्ष दिव्य धाम अखण्ड ज्योति बाबा स्वामी जि च्यारिटेबल ट्रस्ट शाखा परिषदका अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
सम्पन्न बैठकमा मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले गण्डकी र लुम्बिनी क्षेत्रमा रहेको तिर्थ स्थलको विकास र प्रवर्द्धन सहित ती तिर्थ स्थलहरुलाई अन्तर्राष्ट्रिय पहिचान बढाउन रथ यात्राको आयोजना गरिएको बताउनु भएको छ।
स्वामी प्रपन्नाचार्यले मुक्तिनाथको प्रचारप्रसार सहित जागरण अभियानको महिमा बढाउने उद्देश्य रहेको पनि बताउनु भयो।
उहाँले चैत्र १८ गते गजेन्द्र मोक्ष दिव्य धामबाट रथ यात्रा निकाली बर्दघाट, अरुणखोला,देवघाट,बाग्लुङ सहितको धार्मिक यात्राले पोखरा महानगरपालिका परिक्रमा गरि पञ्चकोट म्याग्दी, गलेश्वर हुँदै गणेश मन्दिर परिक्रमा गरि कागबेनी र मुक्तिनाथ पुग्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।

बैठकमा कोषाध्यक्ष मङ्गल भण्डारीले वार्षिकोत्सब कार्यक्रममा भएको आयव्ययको जानकारी दिदै धार्मिक क्रियाकलापबाटै मानिसमा हुने गलत विचार समाप्त हुने धारणा राख्दै रथ यात्राले धार्मिक आस्था बढ्ने र हिन्दु धर्मको प्रचारप्रसार हुने पनि जिकिर गर्नुभयो।
सो अवसरमा सिद्धार्थनगर पालिका वडा न.१३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्यायले धार्मिक रथ यात्राको लागि नगरपालिकाले आवश्यक प्रक्रिया पुर्याइ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्मबाट मानिसहरुमा असल ज्ञान र विचारको अभिवृद्धि हुने धारणा राख्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका पुर्व अध्यक्ष बिरेन्द्र कुमार अग्रहरी,ट्रस्ट सदस्य मोतीलाल उपाध्याय,विष्णुप्रसाद पाण्डे,स्थानीय बिशाल सिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो।

सोही बैठकले मुक्तिनाथसम्म गरिने रथ यात्राको आवश्यक व्यवस्था मिलाउन मङ्गल भण्डारीको संयोजकत्वमा क्षेत्रगत रुपमा नौ सदस्यीय मुल समिति पनि गठन भएको छ। जसमा भैरहवा क्षेत्रबाट चन्द्रमणी अधिकारी,अमुवा क्षेत्रबाट गणेश उपाध्याय,बर्दघाट क्षेत्रबाट राम प्रसाद अर्याल,त्रिवेणी क्षेत्रबाट मोतीलाल उपाध्याय र विशाल सिंह भण्डारी रहनु भएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

