Rashtriya Dainik

पाल्हीनन्दनका अध्यक्ष गुप्तालाई लागुऔषध कसूरमा एक वर्ष कैद र दुई लाख रुपैया जरिवाना

सुरेश यादव / नवलपरासी ,२९ फागुन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागुऔषधमा कसूरमा एक वर्ष कैद र दुई लाख रुपैया जरिवाना तोकिएको छ ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो । कसूर ठहर भएपछि अध्यक्ष गुप्तालाई फागुन २९ गते आजका लागी सजाय निर्धारणको फैसला तोकिएको थियो। यस्तै अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको शाखा अधिकृत यामप्रसाद रेग्मीले बताएका छन् ।

लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ देखि २० लाखसम्म जरिवाना हुने ब्यवस्था छ । त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी एक वर्ष कैद र दुई लाख रुपैया जरिवाना तोकिएको हो ।

लागुऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबीले पटक-पटक लागुऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । धोबी पाल्हीनन्दन आधारभूत अस्पतालका गार्डसमेत रहेका छन् ।

अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये रामा गुप्ता र जीतेन्द्र पासवानले सफाई पाएका छन् । अभियोग लागेका पाल्हीनन्दन-३ का विवेक प्रसाद पाण्डे अझै फरार रहेका छन् । । फरार रहेका कारण पाण्डेको कारबाही स्थगनमा राखिएको छ ।

कैद र जरिवाना फैसला भएका पालिका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने भएका छन् । उहालाई थुनामा बस्न नपर्ने भएपछि उहाको पदसमेत कायम रहने अदालतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित