राजन कुमार बानिया /पर्सा ,२८ फागुन
ठाकुरराम बहुमुखी क्याम्पसमा हुन गईरहेको चैत ५ गते स्ववियु निर्वाचन का लागी नेपाली विद्यार्थी संघ (ने.वि.संघ) को तर्फ बाट चन्दन कुमार पटेलले प्रत्यक्ष तर्फ सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पटेलले ने.वि.संघको सिद्धान्त र संगठनलाई सशक्त बनाउन तथा विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न आफ्नो उम्मेदवारी दिएको बताए। उम्मेदवारी दर्तापछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “विद्यार्थी अधिकारको रक्षा, गुणस्तरीय शिक्षाको पहुँच र ने.वि.संघलाई सशक्त बनाउने मेरो प्रतिबद्धता छ।
ने.वि.संघको यो निर्वाचन विद्यार्थी राजनीतिमा निकै महत्वपूर्ण मानिन्छ। विभिन्न पदका लागि प्रतिस्पर्धीहरू आफ्नो उम्मेदवारी दर्ता गराउँदैछन्।
पटेलसहित अन्य उम्मेदवारहरू पनि मैदानमा उत्रिएकोले यो निर्वाचन प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

