Rashtriya Dainik

चीनमा बीबीसीमाथि प्रतिबन्ध

३० माघ, काठमाडौं । बेलायती टेलिभिजन च्यालन बीबीसी वर्ल्ड न्युजमाथि चीनले प्रतिबन्ध लगाएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन नियामकले शुक्रबार बीबीसीमाथि प्रतिबन्ध लगाइएको बताएको हो । एक साताअघि बीबीसीले चिनियाँ सरकारी मिडिया सीजीटीएनको आलोचना गरेको थियो ।

शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बीबीसीले प्रसारण गरेको समाचारमा ‘गम्भीर रुपमा नियमको उल्लंघन’ गरेको उल्लेख छ । चीनले समाचारमा प्रकाशित विवरणहरु साँचो र स्वच्छ हुनुपर्ने बताएको छ । बीबीसीमा प्रसारित सामग्रीले चीनको राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकतामा आँच आउने काम गरेको चीनको दाबी छ ।

यद्यपि अहिले पनि चीनका केही होटल र आवास क्षेत्रमा भने अझै पनि बीबीसी च्यानल सञ्चालन भइरहेको छ । बीबीसीले एक विज्ञप्ति जारी गर्दै चीनको निर्णय दुखद् भएको बताएको छ ।

बीबीसीले आफ्नो च्यानलमा प्रसारण गरिएका सामग्रीहरु स्वच्छ हुने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्रालयले पनि चीनको यो निर्णयको विरोध गरेको छ ।

अमेरिकाले चीनको यो कदमले समस्या बढाउन सक्ने चेतावनी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित