Rashtriya Dainik

सरावल गाउँपालिकामा सुचना अधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सुचना अधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे आयाेजनामा बिहीबार पालिका अन्तर्गतकाे विद्यालय , वडा , स्वास्थ्यचाैकी , पालिकामा ताेकिएकाे सुचना अधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रम सहजीकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सवै सार्वजनिक निकायहरुलाई सुशासन प्रबद्र्धनका लागि संविधान प्रदत्त हक सूचनाको हकको प्रबद्र्धनमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले सूचना खान त नमिल्ने तर सूचना नपाएको खण्डमा मानिस भोकै मर्न सक्ने कुरालाई उद्दृत गर्दै सूचना आम नागरिकका लागि ज्यादै महत्वपूर्ण भएको बताउनुभयो ।

सार्वजनिक एवं सरकारी निकायहरुले अनिवार्य सूचना अधिकारीको व्यवस्थापन गर्नुपर्ने र सर्वसाधारण नागरिकले सूचना माग गर्न आएको खण्डमा यथासक्दो छिटो सूचना उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले ग्रामिण भेगका नागरिक सम्म सूचना पुर्याउनका लागि सरकारी निकायका सूचना अधिकारी, कार्यालय प्रमुख र स्थानिय तहका जनप्रतिनिधिहरुले खेल्नुपर्ने भुमिका बारे प्रष्ट्याउनुभएको थियो ।

त्यस्तै रामग्राम नगरपालिकाकाे याेजनाशाखा प्रमुख तथा सुचना अधिकारी रामलाल भुषालले सूचना माग प्रकृया र सम्प्रेशन प्रकृयालाई सहज बनाउन सूचना अधिकारी र कार्यालय प्रमुखले खेल्नुपर्ने भुमिका बारे प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रमको अन्त्तरकृयात्मक सेसनमा सूचना अधिकारी र कार्यालय प्रमुखहरुले सूचनाको हकको व्यवहारिक पक्ष बारे जिज्ञासा राखेका थिए भने जिज्ञासा उपर सहजीकरण गर्नुभएको थियो ।

सुचना उपलब्ध नगराएको खण्डमा सूचना अधिकारी र कार्यालय प्रमुखलाई ऐन बमोजिम हुनसक्ने कानुनी कारवाही लगायतका प्रावधानबारे समेत जानकारी गराईएकोछ ।

कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्र ,विद्यालय ,स्वास्थ्यचाैकी,वडा सचिव लगाएतका सूचना अधिकारी लगायतकाे उपस्थिती रहेको याेजनाशाखा प्रमुख इश्वरी खनालले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित