धर्मेन्द्र कुमार कुर्मी (चौधरी) / कपिलवस्तु ,२३ फागुन
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर विजयनगर गाउँपालिका वडा नम्बर ७ मधुनगर अध्ययनरत कक्षा १० का विद्यार्थीलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ ।
आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे ।
बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रहने बताए

विद्यालयले परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको सफलताका लागि शुभेच्छा व्यक्त गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

