Rashtriya Dainik

बर्दघाटमा पत्रकारहरुको लागि २ दिने प्रवर्द्धनात्मक कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२३ फागुन

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा पत्रकारहरुको लागि २ दिने प्रवर्द्धनात्मक कार्यक्रम बर्दघाटमा शुक्रबार सम्पन्न भएको छ।


नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति केशव पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले समाजमा भएका विकृति र विसङ्गतीलाई निर्मुल पार्ने काम प्रेस जगतको नै भएको बताउदै वास्तविक कुरालाई सहि ढङ्गबाट गतिविधि सम्प्रेषण गर्नुका साथै जनप्रतिनिधिहरुलाई पनि बेलाबखतमा सचेत गराउनु पर्ने धारणा राख्दै श्रेष्ठले सभ्य समाज निर्माणको लागि पत्रकारको कलमबाट नै सम्भव हुने धारणा राख्नुभयो।

प्रेस जगतले एउटा समाचारलाई दुईओटा कोणबाट लेख्न नहुने बताउदै सहि कुरा नछोड्ने र गलत कुरा नलेख्न पनि उहाँले सुझाव दिनुभएको थियो।
कार्यक्रममा बर्दघाट नगरपालिका का उपप्रमुख रुद्र प्रकाश उपाध्यायले आफ्नो विचार र कामलाई कसरी कहाँ प्रयोग गर्नेबारे पत्रकार जगत नै स्वच्छ विचारका साथ अगाडि बढ्नुपर्ने बताउदै कुनैपनी पत्रकारहरुमा राजनीतिक जिज्ञासा जेजस्तो भएपनि पत्रकारद्वारा लेखिएको समाचार तथस्ट र पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा बर्दघाट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले राष्ट्रको चौधौं अङ्गको रुपमा रहनु भएका प्रेस जगतले नागरिकको गुनासोलाई जनप्रतिनिधि समक्ष र जनप्रतिनिधिद्वारा गरिएको कामलाई नागरिक समक्ष पुर्याउनुपर्ने परम कर्तव्य रहेकोमा सो प्रति पत्रकार जगत पुर्ण सचेत रहनुपर्ने जिकिर गर्नुभयो।

कार्यक्रममा नेपाल प्रेस युनियन परासी शाखाका अध्यक्ष उमेश बि.क.ले पत्रकारिताको क्षेत्रमा मौलाएका विकृतिलाई हटाएर विधिसम्मत ढङ्गबाट स्वच्छ पत्रकारिताबाटै समाज परिवर्तन गर्न सकिने धारणा राख्दै उहाँले नवलपरासी जिल्लामा भन्दा बाहिरी जिल्लाका पत्रकारहरु बढी हावी भएको चर्चा गर्दै अब उपरान्त जिल्लाका पत्रकारहरुले नै अवसर र चुनौती दुबैको हकदार रहनुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा नेवर्तमान अध्यक्ष हरि शर्मा,शाखा उपाध्यक्ष उर्मिला यादव लगायतले आफ्नो भनाइ सहितको धारणा राख्नुभएको थियो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका योजना प्रमुख पुष्कर काफ्ले,स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञावालीले आफ्नो शाखा अन्तर्गतको गतिविधि माथि केन्द्रित रहि सहजीकरण गर्नुभएको शाखा सचीव अनिल यादवले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित