Rashtriya Dainik

साकुरा बोर्डिंगको पुरस्कार वितरण : फूड फ़ेस्टिवल भव्यताका साथ सम्पन्न

नवलपरासी/२३ फागुन

पश्चिम नवलपरासीको सुनवल स्थित साकुरा मेमोरियल बोर्डिंग अंग्रेज़ी स्कूलले २०८१ सालको पुरस्कार वितरण तथा फूड फ़ेस्टिवल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

जिल्लाका उत्कृष्ट बिद्यालय बिच रहेको सकुरा बिद्यालयले गत शैक्षिक वर्षमा कक्षा १ देखी १२ सम्म अध्यन बिधामा अव्वल विधार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।


पुरस्कार वितरण समारोह शिक्ष्या प्रेमी एवं बिद्यालयका अध्यक्ष टीकाराम शर्माको अध्यक्षता र नेपाल उद्योग बाणिज्य महा संघका केंद्रीय सदस्य केशब भण्डारीको प्रमुख आतिथ्यतामा संपन्न भएको हो ।
समारोहमा सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य , नवलपरासी प्याप्सनका जिल्ला अध्यक्ष डम्मर गुरूंग लगायतले बिद्यालयले समाजमां गुणस्तरीय शिक्ष्या मार्फ़त अनुशासित र अब्बल बिधार्थी जनशक्ति निर्माणमां पुराएको योगदान को प्रशंशा गर्दे शुभकामना दिनु भएको थियो ।

बिद्यालयका प्राचार्य सुमित पाठकले औपचारिक रूपमां स्वागत गर्नू भएको कार्यक्रममां बिद्यालयका विधार्थी समूहले तयार गेरेका बिबिध परिकारहरू खाना महोत्सवको आकर्षणका रूपमा रहेकों थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित