राजन कुमार बानिया /पर्सा ,२३ फागुन
पर्साको जगरनाथपुर गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ।
जगरनाथपुर तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०८१ को उदघाटन प्रमुख अतिथि बिरगंज महनगरपालिका उपमेयर ईमतियाज अालमले एक कार्यक्रमका बिच पानसमा बती बालेर उद्घाटन गरेका छन्।
खेलकुद प्रतियोगिता -२०८१ उद्घाटन गर्दै प्रमुख अतिथि अालमले भने खेलकुदबाट अाफ्नो पालिका र देशको नाउँ देश बिदेशमा चिनाउने गर्छन।
खेलकुद शरिरको लागि शारीरिक व्याम भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै हो बताए तथा उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वस्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए। बिधार्थीहरुलाई आ आफ्नो क्षमता देखाएर जित हासिल गर्नु पर्यो ।हार् जित एउटा प्रकृया हो ,हारे काले फेरी अर्को खेलमा जित हासिल गर्नु पर्यो हार मानेर दुख गर्नु पर्दैन।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्ष्ातामा भएको थियो। बिशिस्ट अतिथि गा.पा उपाध्यक्ष बबिता सिंह , अतिथि प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव ,लेखापाल सन्देश कुशवाहा ,बिहारी महतो नुनिया,लक्ष्मी साह, नेपाली कुशवाहा,प्रभु महतो,शिक्षा शाखा प्रमुख असोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, साह, ईन्जिनियर सादाम हुसेन ,क्षेत्रीय सचीव बलिष्टर अहमद,पालिका सदस्य
सम्पुर्ण बिधालयको प्र.अ, वडा सदस्यहरु, स्थानीयबासी बिधार्थी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्राबी ,निमाबी र माबी गरि १६ वटा बिधालयका बिधार्थीहरुले अाफ्नो अाफ्नो बिधालयका बाईनरमा मार्चपास निकालेको थियो।कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका छन। रास्ट्रपति रनिङ पालिकास्तरीय शिल्ड खेलकुद प्रतियोगितामा हाई जम्प,लौग जम्प, दौड,लगायत खेल हुने भएको छ। यो खेलकुद प्रतियोगिता भोली सम्म चलने अायोजक संस्थाले जनाए का छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

