पर्बत ,२२ फागुन
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा एक भट्टराई परिवारले चौरासी पुजाको रकम विद्यालयलाई सहयोग गरेका छन् ।
आम्बारी माध्यमिक विद्यालयका संस्थापक सदस्य स्व आत्मराम भट्टराईकि धर्मपत्नी मनकुमारी भट्टराईले आफ्नाे चाैरासी पुजामा गर्नु भएकाे तुलादान रकम रु १०,००० ( दस हजार मात्र) सहयोग गरेका हुन ।

शिक्षक अभिभावक संघ सदस्य छाेरा घनश्याम भट्टराईकाे संरक्षकत्वमा अक्षयकोष स्थापनाका लागि भन्दै विद्यालय शिक्षक र शिक्षिकालाई प्रदान गर्नु भएकाेमा विद्यालयका प्रधान अध्यापक शिव पराजुलीले जानकारी दिनु भयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

