Rashtriya Dainik

नगरबासीलाई बिजुलीको बिल निशुल्क

स्थानीय सरकारको उपस्थितिको अनुभूति गर्न कुनै ठूलो काम गर्नुपर्दैन । कुनै महात्त्वाकांक्षी योजना पनि अघि सार्नुपर्दैन । नागरिकसँग जोडिएका साना समस्या समाधान हुँदा पनि तिनमा सरकारको अनुभूति हुन्छ ।

अझ, गरिब, विपन्नलाई त स्थानीय सरकारको सहयोगको अपेक्षा यति हुन्छ कि स-सानो समस्या समाधानले पनि उनीहरूको मुहार पुलकित हुन्छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाले स्थानीयलाई यस्तै सुख दिएको छ ।

नगरबासीको बिजुलीको महसुल तिरिदिएर स्थानीयप्रति आफ्नो उपस्थिति जनाएको छ । गत असोजमा सम्पन्न भएको रौतहटको नगरसभाबाटै फतुवा विजयपुर नगरपालिकाले १ असोजदेखि नगरभित्रका सबैको विजुली महसुल तिरिदिने योजना ल्यायो ।

सोहीअनुसार नगरको किसान, अति विपन्न, गरिबलगायतलाई समेटेर नगरभरिका ८ हजार ६ सय घरधुरीको ३९ लाख महसुल तिरिदियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित