Rashtriya Dainik

नवलपरासी आउनु भएको प्रमुख जिल्ला अधिकारी र जिल्लाका क्रियाशील पत्रकारहरुबिच भेटघाट तथा परिचयात्मक कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२१ फागुन

पश्चिम नवलपरासीमा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी र जिल्लाका कृयाशिल पत्रकारहरुबिच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

रौतहट जिल्लाबाट फागुन १३ गते पश्चिम नवलपरासीमा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका कृयाशिल पत्रकारहरुबिच जिल्ला प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।

पत्रकारहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्ला अन्तर्गत हुने शान्ति,सुरक्षा कार्यलाई अझबढी भरपर्दो र विश्वसनीय रुपमा लागू गर्ने बताउदै शान्ति,सुरक्षा व्यवस्थालाई चुनौती दिने जोकोहीलाई पनि कारवाही गर्ने बताउनु भयो।
उहाँले पुर्व पश्चिम राजमार्गको बुटवल दाउन्ने सडक खण्डलाई चाडै पूरा गराउने तर्फ जिल्ला प्रशासन कार्यालय प्रयत्नशील रहेको बताए।
पाल्हीनन्दन गाउँपालिकामा घटेको घटनामा अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पहिचान गरिएको र ती व्यक्तिलाई कडा कानुनी कारवाही गरिने तथा थप अनुसन्धान कार्य जारी नै रहेको जानकारी दिनुभयो।
प्र.जि.अ. रेग्मीले जिल्लामा आफू नयाँ भएको र जिल्लामा हुँदै आएको अवैध क्रियाकलापलाई रोक्ने कार्यमा प्रहरी प्रशासन कृयाशिल रहने पनि बताउनु भयो।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासङ्घका शाखा सभापति केशव पराजुलीले जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन के कति कारणले ढिलाइ भएको बारे जानकारी गराउदै जिल्लामा हुने गतिविधिको विषयमा छिटो छरितो जानकारी दिन सुचना अधिकारीको व्यवस्था मिलाउनुपर्ने जिज्ञासा राख्दै किसानहरूले सिमा पार भारतबाट कृषि प्रयोजनका लागि ल्याइने रासायनिक मल सरल ढङ्गबाट ल्याउन दिने वातावरण मिलाउने बारे पनि सुझाव दिनुभयो।

प्र.जि.अ. संगको भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरुले नारायणी नदी पारी सुस्तामा भारतीय सुरक्षाकर्मीहरुको प्रवेश,सुस्ता स्थित झोलुङ्गे पुलमा भारतीयहरुद्वारा गरिने दुरुपयोग, जिल्ला अन्तर्गतका सरकारी कार्यालयहरुमा हुने गरेको ढिलासुस्तीको अनुगमन गर्नुपर्ने बारे पनि ध्यानाकर्षण गराइएको थियो।

पत्रकार भेटघाट कार्यक्रममा नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाल,सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सन्तोष रायमाझीसहित कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित