उमेश बि.क / नवलपरासी ,२९ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले व्यवसायिक पशुपालन गर्दै आएका पालिका अन्तर्गतका १४ वटा व्यवसायिक पशुपालन फर्मलाई ईलेक्ट्रिक चापकटर वितरण गरेको छ ।
व्यावसायिक कृषि एवं पशुपालनको प्रचुर सम्भावना रहेको सरावल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिहीबार एक एक वटा ईलेक्ट्रिक चापकटर मेसिन वितरण गरेको हाे ।

मेसिनलाई कम लागतमा पालिकाले किसानहरुलाई उपलब्ध गराएसंगै अब किसानहरू लाभान्वित हुने र उत्पादनमा समेत वृद्धि हुने विश्वास रहेको पालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ ।परम्परागत र जिविकोपार्जनमा मात्र केन्द्रित हुनुभन्दा कृषिमा यान्त्रीकरणको अधिकतम् उपयोग गर्दै कृषकलाई ब्यवसायिक बनाउने पालिकाको उदेश्यमा कृषकले लगनशीलताका साथ लक्ष्यप्राप्ति गर्न अध्यक्ष चाैधरीले आग्रह गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले वितरण गरिएका कृषि जन्य सामाग्रीहरुको किसानले सही तरिकाले उपयोग गर्ने सुझाव दिदै किसानको हक हितमा गाउँपालिका सदैव सहयोग गर्न तयार भएको बताउनु भएको हाे।

५० प्रतिशत अनुदानमा ईलेक्ट्रिक चापकटर मेसिन पाएपछि किसानहरु खुसी भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

