Rashtriya Dainik

सरावल गाउँपालिकाको निती तथा कार्यक्रम (पूर्णपाठसहित)

पश्चिम नवलपरासीकाको सरावल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभा मार्फत नगर उप–प्रमुख उत्तमा रायले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

सरावल गाँउपालिकाले पूर्वाधार विकास र कृषीलाई प्राथमिकता दिँदै ५३ करोड बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुद्धप्रकास पौडेलले कृषी र पशुपालनलाई प्राथमिकता दिईएको जानकारी दिँदै माटो प्रयोगशाला र पशु प्रयोगशाला संञ्चालनमा ल्याउने लगाएतका कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पूर्णपाठ : 

सरावल गाउँपालिकाको आर्थिक बजेट २०७७/०७८ को नीति तथा कार्यक्रम

पृष्ठभुमी

सरावल गाउँपालिकाका अध्यक्ष तथा छैठौं गाउँ सभाको अध्यक्षता ग्रहण गर्नु भएको आदरणीय सभाध्यक्ष राधेश्याम चौधरी ज्यु , सम्पूर्ण गाउँ सभाका सदस्य सभासद मित्रहरु , राष्ट्रसेवक कर्मचारी,पत्रकार लगायत सम्पुर्ण उपस्थित महानुभाव महिला तथा सज्जन बृन्द ।

राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता र जनजीवनका सवालमा भएका विभिन्नआन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु ।राष्ट्रियता स्वाधिनता र स्वाभिमान, लोकतन्त्र संघीयता जनजिविका सुशासन र सम्बृद्धि प्राप्तिका लागि बिभिन्न आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने नेतागणहरु र सहभागी सम्पूर्ण  तहका आम जनसमुदाय प्रतिउच्च सम्मान र प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।

हामी सिकाई र अभ्यास र चुनौतीकै क्रममा दुई वर्ष भन्दा वढी समय व्यतित गरीसकेका छौ, कानुनी अड्चन, जनशक्ति अभाव, पूर्वाधारको कमी, नयाँ संरचनाका कारण प्रकृयागत अलमल र विभिन्न चुनौतीका बावजुद पनि एउटा  निश्चित प्रणाली विकास गर्ने क्रममा हामीले ठुलो फड्को मार्न सफल भएका छौ ।हामी गाउँपालिकाको जग बसाल्ने क्रममै छौं । बढ्दो जनअपेक्षाको तुलनामा सिमित स्रोत साधनको कारण भनेजति काम  पुरा गर्न नसकेपनि उपलब्ध स्रोतलाई समन्यायिक र सन्तुलित विवरण प्रणालीबाट नतिजामुखी परिणाम हासिल गर्न केही हदसम्म सफल भएको महशुस गरेकी छु। पुरानो संरचनाबाट नयाँ संरचनामा जाँदा कठिनाई अवस्य रहन्छ नै ।यस कठिनाईका बाबजुद पनि अधिकार  क्षेत्रभित्र आवश्यक पर्ने ऐन नियम र कार्यविधि बनाई लागु गर्दैजाने अभ्यासको थालनी गरिएको छ ।

विकासले एउटा निश्चित मार्ग समातिरहेको अवस्थामा कोभिड १९ ( कोरोना भाइरस) को विश्वव्यापी महामारीका रुपमा फैलिरहदा हाम्रो पालिकालाई समेत यसले प्रभाव पार्‍यो । भारतलगायत विदेशमा रहेका हाम्रा नागरिक एकैपटक घर फर्कदा क्वारेन्टिन व्यवस्थापन,कोरोनाको प्रभाव, रोकथाम र नियन्त्रण गर्ने कार्य चुनौतिपुर्ण रहयो । तर जनप्रतिनिधी साथीहरु, स्वास्थ्यकर्मीहरुको मेहनत, सुरक्षाकर्मीहरुको सहयोग तथा सम्पुर्ण सरावलवासीहरुको साथको कारण ६ वटा क्वारेन्टिनको सहजै व्यवस्थापन गरी ३२३ जनालाई क्वारेन्टानबाट र २२ जनालाई होम क्वारेन्टाइनबाट सेवा दिइ करोना संक्रमणवाट सुरक्षित हुनसकेका छौ । तसर्थ यो महामारी रोकथाम नियन्त्रणमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , जनप्रतिनिधी एवं कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु। 

सभाध्यक्ष महोदय 

अव म चालु आ.व मा सञ्चालित केही कार्यक्रम तथा उपलव्धीको सम्वन्धमा संक्षिप्त जानकारी गराउन चाहन्छु ।

गौरवको आयोजनाको रुपमा रहेको वासा मनरी गोव्रहिया भुजहवाको लागी ३ खण्डमा कार्य सञ्चालन गरिएकोमा देविनगर पट्खौली खण्डको ११२३ मि. को कालोपत्रको कार्य चलिरहेको छ। जुन कार्य असार मसान्त सम्म सम्पन्न गर्न लक्ष्य लिईऐको छ ।हुलासी श्रीनगर कोठलिहा सरावल जोड्ने सडकखण्डमा कुल ७५० मि. ढल निकास सहित सव वेश सम्मको कार्य एवं ५२५ मि. कालोपत्रको कार्य सञ्चालित छ। दंगिया जाने सडकमा २४३ मि. गडौरी धनगढवा सडक ७६१मि. कालोपत्रको कार्य सञ्चालित छ। गोवरहिया भुजहवा सडकको खण्डमा कालोपत्रे सहितको कार्यसञ्चालित छ।

स्थानिय संस्कृती संरक्षणको लागी सरावल-१ मा निर्मित थारु मिलन केन्द्रमा संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।

वडा नं. ३ र ७ गरी २ स्थानमा स्वस्थ्य चौकी भवन निर्माण कार्य अन्तिम चरणमा छ। भने वडा नं. ४ मा स्वास्थ्य चौकी निर्माण कार्य चलिरहको छ।

सरावल ३ भिमटाडीमा रेडक्रस भवन,भिमटाडीमा गाउपालिकास्तरिय खेलकुद स्टेडियम, वडा नं. २ मा कवर्ड हल, विभिन्न सानाठुला सामुदायिक भवन २२ वटा(कतिपय अधुरो), वडा नं. ४ ललितपुरमा सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न गरिएको छ।

वडा नं. १, ३ देखि ७ सम्म कुल ३ कि.मि. ८०३ मि. सडक RCC ढलान कार्य सम्पन्न भएको छ ।

सडक मर्मत सम्भार अन्तर्गत कुल ८ कि.मी १०० मि. सडक ग्राभल एवं स्तरोन्नको कार्य सञ्चालित छ ।

ढल निकास निर्माण अन्तर्गत २२८२ मि. को कार्य अन्तिम चरणमा छ।

करिव ४८० परिवार लाभान्वित हुने गरी च्याउ खेती कार्यक्रम सञ्चालन गरि सम्पन्न गरियो ।

वडा नं. ३ मा ५० थान स्पेयर वितरण ५० % अनुदानमा ४७ थान सिंचाई उपकरण(पम्पसेट,मोटर) वितरण गरिएको एवं वडा नं. ४ र ५ मा वोरिङ वितरण गरिएको छ ।

वडा नं.३ श्रीनगरमा करिव ५० लाखको लगानीमा पिडुरा खोलामा वाध निर्माण कार्य सम्पन्न भएको छ ।जसवाट वडा नं. ३ को अधिकांश भागमा सिंचाई सुविधा उपलव्ध भएको छ।

धान, गहु, तरकारीको विउ वितरण कार्य सम्पन्न गरिएको छ । धानको विउ ३०% नगद अनुदान प्रदान गरिएको छ।

५०% अनुदानमा मिल्किङ मेसिन,चापकटर,लगायतका उपकरण वितरण गरिएको छ । पशुधन विमा कार्यक्रममा ७५% अनुदान उपलव्ध गराईएको छ। जसवाट २५० परिवार लाभन्वित छन । ५०% अनुदानमा माछाको भुरा वितरण गरिएको छ। पशुनश्ल सुधार,पशु वन्ध्याकरण सेवा पशु भ्याक्सिनेसनको कार्यहरु सम्पन्न गरिएको छ । हिउदे वर्षे गरि विभिन्न जातका घासका विउहरु वितरण गरिएको छ ।

यस आ.वमा विभिन्न विद्यालयमा छात्रामैत्री शौचालय ४ वटा, वालमैत्री धारा ५ वटा जडान कार्य सम्पन्न गरिएको छ।जनता आधारभुत विद्यालय धनगढवा र विनोद निता कंडेल आ. विद्यालयमा १/१ वटा आधुनिक शौचालय निर्माणाधिन छ ।मेहन्द्र मा.वि सरावलमा ३ कोठे ट्रष्ट भवन,जनता आधारभुत विद्यालयमा ३ कोठे RCC भवन सोही विद्यालयमा कम्पाउण्ड वाल निर्माण कार्य अन्तिम चरणमा छ। आदर्श मा.वि खोखरपुरा र वसन्त मा.वि वासामा विद्यालय भवन निर्माण कार्य सञ्चालित छ। आदर्श मा.वि खोखरपुरामा ४० सिटे वस थान-१ प्रदान गरिएको छ।

मा.वि तर्फ ८१ जना कक्षा १ देखि ८ सम्मका सवै छात्रा एवं दलित र कक्षा ९ र १० का सवै दलित विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक उपलव्ध गराइएको छ। कक्षा ६ देखि १० सम्मका सम्पुर्ण जेहेन्दार विद्यार्थीलाई ५५ थान साईकल वितरणको प्रकृया अन्तिम चरणमा छ ।

जनता मा.वि भुजहवा र महेन्द्र जनता मा.वि गडौरिमा अत्याधुनिक कम्प्युटर ल्यावको लागी वजेट उपलव्ध गराईएको छ। ४ वटा विद्यालयमा ईन्टरनेट जडान गरिएको छ।

यस पालिका भित्रका यस आर्थिक वर्षभित्र विभीन्न स्वास्थ्य संस्था वाट ,गाउघर क्लिनिक,महिला स्वस्थ्य स्वयंसेविका,तथा खोपकेन्द्रवाट एकैपटक वा विभीन्न समयमा गरी कुल ६५५३२ पटक सेवा प्रदान गरिएको छ।

निशुल्क महिलाको स्वस्थ्य परिक्षण शिविर वडा नं. १ र २ मा सम्पन्न गरिएको छ । वडा नं. २ र वडा नं. ७ वाट प्रसुती सेवा प्रदान गरिएको जसवाट ९७ जना लाभान्वित छन । साथै प्रत्येक स्वास्थ्य संस्थावबाट गर्भवती परिक्षणको व्यवस्था मिलाईएकोमा नियमानुसार ४ पटक गर्भ जाच गरिएको महिलाहरु ४४८ जना हुनुहुन्छ।

भिटामिन ए कार्यक्रम, दादुरा रुवेला खोप अभियान तथा तथा अन्य खोप कार्यक्रम वर्षैभर नियमित सञ्चालित छ ।

निशुल्क आखा शल्यक्रियाको व्यवस्था मिलाईएको छ। जसवाट यस वर्षमा ७६ जनाले सेवा लिनुभएको छ।

रेडक्रस मार्फत निशुल्क रगत उपलव्ध गराईएकोमा ३९ जनाले सेवा लिनुभएको छ।

आर्थिक सामाजिक एवं वन तथा पर्यावरणिय संरक्षणको लागी विभिन्न स्थानमा अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएका छन ।

सभाध्यक्ष महोदय,

सरावल गाउँपालिकाको विकासको सम्भाव्यताका आधारमा निम्न चार क्षेत्रमा विभाजन गरी प्रस्तुत गर्न अनुमती चाहन्छु ।

१)चुरे क्षेत्र बन- जंगल , जडिबुटी , ढुंगा, गिटी , बालुवा रहेको विकासमा सघाउ  पुर्‍याउने

२) राष्ट्रिय राजमार्गदेखि हुलाकी राजमार्गसम्म औद्योगिक कोरिडोरको रुपमा विकास गर्न सकिने

३) हुलाकी राजमार्गदेखि गण्डक नहरसम्म कृषि उत्पादन क्षेत्र ( धान , गहु , तोरी ,मसुरो)

४) गण्डक नहरदेखि दक्षिण भारत सीमानासम्म – उखु , केरा , बृक्षारोपण

५) मानव संसाधनमा युवा परिचालन गरी विकास कार्यमा सहयोग

चुरे पहाडदेखि भारतिय सिमासम्म जोडिएको यस पालिकामा पर्यावरणिय विविधता, जातिगत विविवधता ,सास्कृतिक विविधता रेहको छ । विश्वमै लोप हुन लागेको कोलवृक्ष र त्यस संगै रहेको मनमोहक एवं विभीन्न प्रजातीको चराचुरुङगी को वासस्थाको रुपमा रहेको जावा ताल पर्यटकिय रुपमा अति महत्वपुर्ण रहेको छ । यसका साथै वडा नं. १ मा गिध्द रेष्टुरेन्ट , रजहवा क्षेत्र (वनवटिका) वुलवुल ताल, तुल्सिनरको सिमसार क्षेत्र,वडा नं. २ को पुरानो एवं ऐतिसिक महत्वको अत्रहटी शिव मन्दिर एवं सोही मन्दिर संगै रहेको कमलपोखरा,वडा नं. ४ को सम्मेमाईस्थान वडा नं. ७ स्थित वर्दघाटे मन्दिर, चमेरो क्षेत्र लगायतका क्षेत्र पर्यटकिय रुपमा महत्वपुर्ण छन । वडा नं. १ देखि ७ सम्म खेतियोग्य जमिन रहेकोले अन्नवाली,तरकारी वाली एवं दलहन वालीको खानीकै विकास गर्न सकिने अवस्था छ । पशुपंक्षी पालन तथा माछापालनको लागी प्रचुर सम्भावना वोकेका क्षेत्र साथै अन्य कृषी उपजको रुपमा नगदेवाली(उखु केरा)लगायतका सम्भावना वोकेको यस पालिकालाई समृध्द वनाउन थुप्रै क्षेत्रहरु रहेको छन  ।

सभाध्यक्ष महोदय 

अव म आगामी आर्थिक बर्ष २०७७/०७८ को  नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

निति तथा कार्यक्रमको दीर्घकालीन सोच समृध्द गाउँपालिका, खुसी जनताः हाम्रो प्रतिवध्दता भन्ने मुल नारालाई सार्थक तुल्याउने ।

निति तथा कार्यक्रमको उद्देश्य

१) रोजगार श्रृजना गर्ने

२)गरिवी न्यूनिकरण गर्ने

३) कृषि उत्पादनमा बृद्धि गर्ने

४)श्रोतको न्यायोचित र सन्तुलित रुपमा गर्ने

५) सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने

६)पुर्वाधार विकास, कृषि उत्पादनमा बृद्धि र कृषी औद्योगिकरणमार्फत गाउँपालिकालाइ आत्मनिर्भरतातर्फ उन्मुखगर्ने

निति तथा कार्यक्रमको प्राथमिकता क्षेत्रः-

-पूर्वाधार विकास ,

– कृषि,

– शिक्षा

– स्वास्थय महिला तथा बालबालिका

सभाध्यक्ष महोदय

यसका साथै क्षेत्रगत रुपमा निति तथा कार्यक्रम देहायवमोजिम प्रस्तुत गर्न चाहन्छु

क) राजश्व परिचालन तथा श्रोत अभिबृद्धि सम्बन्धीनीति तथा कार्यक्रमहरु

१ ) सम्पतिकरतथाभुमिकरलाईवडास्तरमा बिस्तार गरी थप व्यवस्थित गरिने छ  ।

२) व्यवसाय करको दायरा बढाउने र बढी भन्दा बढी व्यवसायीहरुलाइ कर  तिर्न प्रोत्साहित गर्ने, कार्यक्रम संचालन गर्नुका साथै राजश्व संकलन कार्यलाइ व्यवस्थित गरी वडा कार्यालयहरुबाटै कर शुल्क तथा दस्तुर अशुल गर्ने व्यवस्था मिलाइने छ ।

३) बार्षिक रुपमा व्यवसाय कर अशुली कार्यलाइ थप प्रभावकारी बनाउन, ” कर तिरौ सभ्य नागरिक बनौ  ” भन्ने नारा तय गरिने  छ  ।

४) गाउँ सभाबाट पारित कर कार्तिक महिना भित्रै बुझाउनेलाई सम्पति कर व्यवसाय कर,  बहाल विटौरी कर र घर जग्गा बहाल करमा लाग्ने करमा दश प्रतिशत छुट दिईने छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म कर नबुझाईबक्यौता कायम हुन आएमा बक्यौता कायम हुन आए आ.ब. बाट पहिलो बर्ष दश प्रतिशत  र त्यस पछिका प्रत्येक बर्षमा बीस प्रतिशतका दरले विलम्ब जरीवाना समेत जोडी बक्यौतासमेत अशुल गरिनेछ ।

५) कर दाताको विवरण अद्धावधिक गरिने छ ।

६) विकास निर्माणमा महिला सहभागिता र स्वावलम्वी नारी सम्बृद्धि नारालाई सार्थक बनाउन महिलाको नाममा दर्ता गरिएको व्यवसायिक प्रतिष्ठानमा लाग्ने करमा दश प्रतिशत छुट दिइने छ ।

७) सरावल गाउँपालिकाअन्तर्गत सम्पूर्ण भौतिक संरचनाको हकमा नक्सा पास नगरी  संरचना निर्माण गर्न पाईने छैन । पुराना निर्माण भइ सकेका संरचनाका हकमा पनि अगामी आ. ब.भित्र नक्सा पास गराउनु पर्नेछ  ।  यसरी निर्माण भई सकेका भौतिक समरचनाका हकमा २०७७ पौष मसान्तसम्म नक्सा पास गरेमा नक्सा पास दस्तुर २० प्रतिशत छुट दिईनेछ  । साथै अस्थायी रुपमा निर्माण गरिने भौतिक संरचनाको स्वीकृत गराई भौतिक संरचनाबापत लाग्ने दस्तुरको पचास प्रतिशत दस्तुर तिरी भौतिक संरचना निर्माणको अनुमति लिनु पर्ने छ । सामान्य फुसको, टायलको छाना भएको कच्चि घरको कुनै दस्तुर लाग्ने छैन ।

८) यस गाउँपालिकाका क्षेत्र भित्रका कुनै व्यक्ति वा संस्थाले भवन, जग्गा, गोदाम, सेड आदि आंशिक वा पुर्ण रुपमा बहाल लगाएका धनिसँग निजले बहालमा लगाएको अंक रकमको दश प्रतिशतका दरले संबन्धित धनीसंग बहाल कर लिने छ । भवन निर्माण निर्देशिकालाई कडाईका साथ लागु गरिने छ ।

९) पेशा व्यवसाय कर लिदा एउटै फर्ममा फरक फरक प्रकृतिका व्यवसाय संचालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतिको व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिइने छ ।

१०)  अस्थायी प्रकृतिका हाट बजार,चोक,चोकमा गरिने ठेला तथा फुटपाथ व्यवसाय,  मुख्य बजार तथा पर्यटकीयस्थलको किनारामा गरिने पार्किङ व्यवस्थापनमा निजी क्षेत्र स्थानीय क्लब,  संघ संस्थाको सहकार्यमा वडा तहबाटै शुल्क संकलन तथा व्यवस्थापन गरिने छ ।

११)  गाउँपलिकाका अन्तर्गत रहेका सार्वजनिक जग्गामा गाउँपालिकाले वा व्यक्ति स्वयमले अस्थायी संरचना बनाइ उपभोग गर्न दिएको खन्डमा बहाल बिटौरी कर असुल गरिने छ । यसरी अस्थायी संरचना बनाइ उपभोग गर्दा गाउँपालिकाले आवश्यक परेको खण्डमा सम्झौता भंग गरी उक्त जग्गा खाली गर्न बाधा परेको मानिने छैन ।

१२ ) सम्पति कर, व्यवसाय कर, घर बहाल कर , बहाल बिटौरी कर , मनोरन्जन कर आदिलाइ पारदर्शी र प्रभावकारी बनाउन आवश्यक्ता अनुसार कार्यबिधि, निर्देशिका बनाइ व्यवस्थित गरिने छ 

१३) केवल संचालक र डिस होम विक्रेता डिलरहरु संग समन्यव गरी प्रत्येक केवल संचालक बाट ग्राहक संख्याको आधारमा मासिक रुपमा मनोरन्जन कर लिने व्यवस्था मिलाइने छ ।

१४) आफनो वा सगोल परिवारले गाउँपालिकालाई  भुक्तान गर्नु पर्ने कर शुल्क दस्तुर समयमा नबुझाइ वक्यौता राख्ने करदातालाई यस गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधामा  तथा सिफारिस रोक्का गरिने छ ।नक्शा पास नगरेका व्यक्ति तथा सगोल परिवारलाई पनि लागु हुनेछ । तर कुनै पनि कर शुल्क आफुले बझाउनु पर्ने सम्पत्ति कर,व्यवसायिक कर, घर बहाल कर लगायत भुक्तान गर्नु पर्ने रकम अनिवार्य हुने छ ।सो योजनाबाट लाभान्वित हुने उपभोक्ताहरुलाई कर तिर्न प्रोत्साहित गरिने छ ।

१६)  बित्तीय श्रोतको गाउँपालिकाको सूचना पाटीमा टाँस गर्नुका साथै बेवसाईटमार्फत सार्वजनिक गरिने छ ।

१७) सरावल गाउँपालिकालाई नियमितरुपमा र बढी कर तिर्ने करदाताहरुलाई प्रोत्साहन तथा सम्मान गरिने नीति लिइने छ ।

१८)  सरावल गाउँपालिकाको स्वामित्वमा भोगाधिकार रहेको संरक्षण र परिचालन गर्न सक्ने भवन , जग्गा जमिन , हाट बजार, पोखरी , खोलानाला तथा अन्य भौतिक सम्पतिको  अभिलेख अध्यावधिक गरी राजस्व आम्दानीको माध्यमको रुपमा परिचान गरिने छ । यस्ता पोखरी भारवहनको ठेक्का प्रतिस्पर्धाको आधारमा गाउँपालिकाबाट अनुमती लिई वडाबाटै सन्चालन गर्न सकिने व्यवस्था मिलाईने छ ।

१९) सम्पत्ती कर बुझाउने कुनै करदाताले आफ्नो नाममा रहेको सम्पत्ती लुकाई वा खण्डीकरण गरी वा भौतिक संरचना नदेखाइ सम्पत्ति मुल्याकन गराई कर तिरेको प्रमाणित भएमा वास्तविक सम्पत्तिको मुल्यांकनबाट लाग्ने कर रकममा साविकमा बुझाइ बाँकि रहेको रकममा दश प्रतिशतले हुने थप रकम जरिवाना गरी करसमेत असुल गरिने छ ।

२०) श्रोत परिचालन र व्यवस्थापन सरावल गाउपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन, प्रचलित कानुन बमोजिम लगाउन सकिने सबै स्रोतहरुको वास्तविक परिचालन , विश्लेषण , प्रक्षेपण समतामुलक , प्रगतिशिल र न्यायपूर्ण बनाई राजस्वको दायरालाई अधिकतम रुपमा फराकिलो बनाइनेछ  ।

२१) गाउँपालिकाबाट सञ्चालित आयोजनाहरुको अपनत्व, संरक्षण तथा विकास निर्माणमा जनसहभागिता,

उच्च  आर्थिक विकास भन्ने मुल नाराका साथ अनिवार्य लागत सहभागिताको व्यवस्था गरिनेछ ।

२२) अशक्त, आपाङ, असहाय तथा प्राकृतिक प्रकोप पीडित र ७० बर्ष पुरा भएका जेष्ठ नागरिकलाई गाउँपालिकाका तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा निशुल्क रुपमा प्रदान गरिने छ  ।

२३) आर्थिक बर्ष २०७७/०७८ मा पनि करका दरमा यथावत प्रस्ताव गरेको छु ।

२४) कर चुक्तालाइ गाउंपालिकाबाट उपलब्ध गराइने अनुदान लगायतका सेवासुविधा प्रदानको आधारको रुपमा लिइनेछ । हरेक वर्ष सवै भन्दा बढि कर तिर्ने व्यक्तिलाइ उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरिनेछ । 

ख) आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रमहरु:

१) सरावल गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा  एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइने छ  ।

२) गाउँ गाउँमा सहकारी, घर घरमा स्वरोजगारी भन्ने मुल नाराका साथ स्थानीय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारी सँगको साझेदारी  र सहकार्यमा जोड दिइने छ  ।

३)  अर्गानिक तरकारी खेती गर्नेलाई प्रोत्साहन गरिनेछ । स्थानीय श्रोतसाधनको अधीकतम प्रयोग गरी स्थानीय गाउँवासीले रोजगारी पाउने खालको योजना तथा कार्यक्रमलाई प्रथामिकता दिईनेछ  ।

४) कृषकहरुका उत्पादनहरु संकलन, भण्डारको लागि सरावल-३ गोईनीमा निर्मित कृषि उपज संकलन केन्द्र संचालन ल्याई बजारसंग आवद्ध गर्न प्रयत्न गरिनेछ  ।

५) दुग्ध उत्पादन सहकारी एवं कृषि सहकारी संस्थासंगको सहकार्य गरी हरेक वडा एवं पायक पर्ने ठाउमा दुध संकलन गर्ने व्यवस्था मिलाइनेछ । त्यसकालागि ५० प्रतिशत अनुदानमा चिलिङ भ्याट उपलब्ध गराइनेछ  ।

७) उत्पादनमा प्रोत्साहन गर्न कृषकहरुलाइ बिउ खरिदमा अनुदान दिइनेछ भने व्यवसायिक खेतीलाइ प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान दिने नीति अवलम्वन गरिनेछ । साथैकृषकलाई उपलव्ध गराईने हरेक प्रकारको अनुदान वैंकिङ प्रणांली मार्फत गरिनेछ।

८) पशु प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला स्थापना गरिनेछ ।

९) कृषकहरुका उत्पादन संकलन,प्रशोधन,भण्डारण र बजारीकरणमा सहकारी संस्था तथा कृषक समुहहरुलाइ संलग्न गराउने कार्यक्रम संचालन गरिनेछ ।

१०) व्यवसायिक खेतीमा लागेका कृषकहरुलाइ आफ्नो कृषि व्यवसायलाइ अगाडी बढाउन कृषि बिकास बैंकको सहकार्यमा रु.दशलाख सम्म बिना धितो ऋण प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।

११) कृषकहरुलाइ आवश्यक सहयोग पु¥याउन,गाउंपालिकाको कृषि नीति तथा योजनालाइ वास्तविक र वस्तुनिष्ठ बनाउन कृषि र कृषकहरुको तथ्यांक संकलन गरी कृषक परिचयपत्र वितरण गरिनेछ,।

१२) कृषि उपज संकलनकेन्द्र संचालनमा सहभागिता जनाउने सहकारी संस्था वा कृषक समुहलाइ आवश्यक पुर्वाधार व्यवस्थापन र विद्युत शुल्कमा छुट सहयोग उपलब्ध गराइनेछ । कृषि उपज संकलनकेन्द्र रहेको ठाउंमा सानो चिस्यान केन्द्र निर्माण गरिनेछ ।

१३) पशुपंक्षी खोप,नश्ल सुधार,स्थानीय र रैथाने जातका पशुपंक्षीको संरक्षण,प्रर्वद्धन,पशु र बाली विमाजस्ता कार्यक्रम संचालन गरिनेछ ।

१४) धान,गहुं,तोरी,मसुरो आदि बालीको विजबृद्धि कार्यक्रम संचालन गरी बिउंमा परनिर्भरता घटाउनुका साथै यसबाट मुनाफा गर्न कृषकलाइ प्रोत्साहित गरिनेछ ।बिजबृद्धि कार्यक्रम सहकारी संस्था एवं कृषक समुहको सहकार्यमा संचालन गरिनेछ ।

१५) कृषि सडक र कृषि विद्युतीकरणलाइ संगसगै अगाडी लगी सिंचाई सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बढावा दिने नीति अवलम्बन गरिनेछ ।

१६) एक वडा एक प्रकृतिको एक मात्र सहकारी अवधारणा बमोजिम सहकारी एकिकरणलाइ प्रोत्साहन गरिनेछ ।सहकारी संस्थाका शेयर सदस्य, संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सहकारी संजालसंगको सहकार्यमा तालिमहरु संचालन गरिनेछ साथै सहकारी संस्था अनुगमन गरी सुशासन कायम गर्न सहयोग गरिनेछ ।

१७)पशु खोप कार्यक्रम,पशु गोठसुधार व्यवस्थापन, पशु अहार जस्ता कार्यक्रम  संचालन गरिने छ ।

१९)  सार्वजनिक जग्गा तथा नदी किनारामा जग्गा संरक्षण गरी वृक्षारोपण गरिनेछ। जसमा फलफुलका विरुवालाई प्राथमिकता दिईनेछ ।

२०) रोजगार सेवा केन्द्रलाई क्रियाशिल वनाई श्रमिकहरुको लगत संकलन अभिलेखिकरण गरी उद्योग वजार तथा श्रम वजार आवध्द गराउने एवं रोजारी सिर्जना गर्न विशेष पहल गरिनेछ ।

२२)  यस गाँउपालिका अन्तर्गत रहेको कोटहीमाई थान , बर्दघाटे मन्दिर,राधाकृष्ण मन्दिर, जावा लोपोन्मुख कोलवृक्ष , वहिरी सम्मेमाई थान, भुल्किहवा जवई ताल गिध्द रेष्टुरेन्ट, चमेरो क्षत्र(गार्दुल) अत्रहटी शिवालय मन्दिर,थारु मिलन केन्द्र  सहित पर्यटकीय क्षेत्र स्थापना गर्न पहल गरिनेछ  ।

२३) सहकारीमार्फत कृषिजन्य उत्पादनको खरिद बिक्री प्रकृयालाई सरलिकरण गरिने छ । गाउँभित्रका सम्पुर्ण सहकारीलाई सहकारीको सिद्धान्तको बारेमा जानकारी गाराउने नीति लिइने छ । सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न लगाई रोजगारका अवसरहरु सृजना  गर्न प्रेरित गरिनेछ ।

२४) अनुत्पादन खर्चको कटौती र उत्पादन क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ ।कृषि पेशालाई व्यवसायीकरण गराई गरिवी निवारण गर्न योगदानमा आधारित कृषि विउ विजन बितरण कार्यक्रम संञ्चालनमा ल्याईनेछ ।व्यवसायिक खेती गर्नेलाइ बिउ तथा बिरुवा वितरणमा पचास प्रतिशत सम्म अनुदानका कार्यक्रम ल्याइनेछ  ।

२५) राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयनमा जोडदिइने र निर्माण क्षेत्रसँग सम्बन्धित श्रमिकहरुका लागि बिमा गर्ने नीति लिइनेछ ।

२६ ) कृषि तथा पशुपंक्षी पालनलाई व्यवसायिक बनाउन व्यवसायिक कृषि तथा पशुपंक्षी पालनलाई सहज र सरल रुपमा पुँजी व्यवस्थापनका लागि बित्तीय क्षेत्रसँग समन्वय गरी विना धितो ऋणमा सरकिरण गर्न पहल गरिनेछ । सथै पशु विमा गर्न कृषकहरुलाई अनुदानको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

२७) प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिइनेछ । माछा पालनको लागि सार्वजनिक तथा निजी पोखरी निर्माणमा जोड दिइनेछ ।

२८) कोलवृक्ष क्षेत्र(तिलौली र जावा) र जावा पोखरीको ऐतिहासिकता जोगाउन राष्टिय अन्तराष्टिय रुपमा वौध्द स्थलको रुपमा चिनाउन तयार भएको वृहत गुरुयोजना वमोजिमको संरचना निर्माण गर्न क्रमागत योजनाको रुपमा वजेट विनियोजन गरीनेछ ।

२९)  पुरातात्विक स्थलको खोज, अनुसन्धान तथा उत्खननका लागि सरोकारवाला विभाग/कार्यालयसँग समन्वय गरि अगाडि बढाइनेछ ।

३०) आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गर्न आ. ब. २०७७/०७८ मा थारु संग्रहालय स्थापना प्रारम्भ गरिनेछ ।

३१) गरिवी निवारण कोषद्धारा प्रर्वद्धित सामुदायिक संस्थाहरुलाइ सहकारी संस्थामा आवद्ध गरी रोजगार श्रृजना गर्ने कार्यक्रम संचालन गरिनेछ ।

३२) पर्यटन सहकारी संस्था मार्फत घरवासजयmभकतबथ व्यवस्थापन र संचालन गरी पर्यटन क्षेत्रको संरक्षण र संम्बद्र्धन गर्ने नीति लिइनेछ जसबाटस्थानिय संस्कृती संरक्षण एवंस्वरोजगार श्रृजना हुने अपेक्षा गरिएकोछ ।

३३) स्वरोजगार सिर्जना गर्ने उद्देश्यले संचालित गैरसरकारी संस्था,सहकारी संस्था एवं सामुदायिक संघसंस्था लाई विशेष प्रोत्साहन गर्ने कार्यक्रम अंगिकार गरिनेछ।

 ग)पूर्वाधार तथा भौतिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु:

१) गाउँपालिकाको क्षेत्र भित्रका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित कालोपत्रे एवं RCC सडकमा स्तरोन्नति गरिनेछ  । निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजना हुलाकी, कोठीलहा, श्रीनगर, सरावल जोडने सडक निर्माणलाई निरन्तरता दिइनेछ ।

२)  सरावल गाउपालिका अन्तर्गत रहेका यस वर्षमा पुरा हुन नसकेका आयोजनाहरुलाई सम्पन्न गर्न प्रथामिकतासाथ सञ्चालन गरिनेछ ।

३)  पुर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकतासाथ सञ्चालन गरिनेछ ।

४) बासा, मनरी,सरावल, गोवरहिया, भुजहवा सिमानाका सम्म जोडने सडकको स्तरोन्नती गर्न थप बजेट बिनियोजन गरिनेछ ।

५) ठुलो आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी सामाजिक, आर्थिक र वातावरणीय दृष्टिकोणबाट सम्भाव्य आयोजनाहरुको कार्यान्वयनमा जोड दिइनेछ ।

६) भौतिक पुर्वाधार तथा संरचनाहरुको गुणस्तर कायम गर्न कार्यलाई प्रभावकारी वनाउन उपभोक्ता समिति र अनुगमन समितिलाई थप प्रभावकारी वनाईनेछ । साथै छिमेकी स्थानिय तहसंगको समन्वयमा गुणस्तर परिक्षणको लागी ल्याव स्थापना गरिनेछ ।

७) उपभोक्ता समितिमार्फत संचालन हुने आयोजनाहरु निर्माण सम्पन्न भई फरफारक भएपछि दीर्घकालसम्म आयोजनाको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारमा स्वयं उपभोक्ताहरुलाई नै जिम्मेवार बनाउने नीति लिईनेछ । साथै स-साना मर्मतसंभारका लागि मर्मत कोष स्थापना गरिनेछ ।

८)समुदायसँग सहकार्य गरी सडक बत्ती जडान तथा वडामा सञ्चालन गर्न जनसहभागितालाई प्रोत्साहित गरिनेछ ।

९) ढलनिकास, कालोपत्रे, हरियाली, बिद्युतिकरण, पार्किङसहितको नमुना सडकलाई बजेटमा प्राथमिकता दिईनेछ  ।

१०) विकास व्यवस्थापनका दृष्टिले पछाडि परेका वडाहरुमा सन्तुलित विकास गर्ने निति अवलम्बन गरिनेछ  । सोही अवधारणा अनुरुप जनसंख्या, क्षेत्रफल विकासको अवस्था,आन्तरिक आयमा योगदान जस्ता सूचकका आधारमा वडास्तरीय श्रोत साधनको बाँडफाड गर्ने नीति अवलम्वन गरिनेछ ।

११) यस गाउँपालिकाको क्षेत्रका सम्पूर्ण सडकहरुलाई समेटने गरी सडक निर्माणका लागि सडक गुरुयोजनालाई कार्यान्वयनमा ल्याईनेछ ।

१२) विशेष प्रकृतिका प्राविधिक रुपले जटिल आयोजनाहरु टेन्डरमार्फत संचालन गर्ने नीति लिइनेछ  ।

१३) पूर्वाधार निर्माण गर्दा महिला मैत्री, बाल मैत्री,अपाङमैत्री तथा वातावरण मैत्री हुने नीति लिइनेछ  ।

१४)वडा नं. ५ र ७ को वडा कार्यालय भवन निर्माण कार्य तयारी गरिनेछ  ।

१५) गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गरिनेछ ।

१६) ग्रामिण विद्युतिकरणलाई जोड दिदै पालिकाभित्रका हरेक घरसम्म उज्यालो पुर्याउने अभियान सञ्चालन गरिनेछ ।

१७) सिंचाई प्रयोजनका विद्युतिकरण गर्ने कार्यलाई आवश्यक सहजिकरण गर्न विद्युत प्राधिकरणसंग समन्वय गर्ने निती लिईनेछ । 

घ) सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु

१) महिला नेतृत्व विकास र सशक्तिकरणको लागि क्षमता विकास कार्यक्रम तथा आय आर्जनका लागि सीप विकास कार्यक्रमहरु कार्यान्वयन गरिनेछ  ।

२)  एकल तथा दलित महिलाहरुको हित प्रवर्द्धन गर्ने, सीप विकास र आय आर्जन गर्न कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ । महिला, बालबालिका तथा अन्य लक्षित बर्गलाई प्रत्यक्ष फाईदापुग्ने खालका आयोजनाहरुलाइ प्राथमिकता  राखी कार्यान्वयन गरिने छ  । सामाजिक कुरीतिको रुपमा रहेको बालबिवाह,बहुबिवाह, रुढीवादी अन्धविश्वास  एवं भ्रमहरु हटाउन र लागू औषधको प्रयोगबाट दिग्भ्रमित युवा युवतीलाई बचाउन किशोर किशोरीहरु एवं सामाजिक परिचालनमार्फत सचेतिकरण कार्यक्रम संचालन गरिनेछ  ।

३) ८० वर्षमाथिका जेष्ठनागरिकको लागी निशूल्क उपचार व्यवस्था मिलाउन आवश्यक कार्यक्रम ल्याईनेछ।

४) गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालयस्तरमा, समुदायस्तरमा, वडास्तरमा र गाउँपालिकास्तरमा बाल क्लब र बालसंजाल गठन पुर्नगठनलाई नियमित गरी क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।

५) सरावल गाउँपालिकालाई बाल मैत्री गाउँपालिका घोषणा गर्न पहल गरिनेछ । जसको लागी आवश्यक पुर्वाधार तथा कार्यक्रहरु ल्याईनेछ । 

६) नवजात शिशु, बालबालिका,गर्भवती तथा  सुत्केरी महिलाको स्वास्थ्य हितका लागि पोषण सम्बन्धी कार्यक्रमलाइ संचालन गरिनेछ । पोषण भत्तालाइ निरन्तरता दिइनेछ ।

७) सामाजिक सुरक्षा भत्ता पायक पर्ने नजिकको बैंकमार्फत सम्बन्धित वडा कार्यालयको व्यवस्थापनमा समयमै वितरण गर्ने व्यवस्था मिलाउनेछ  ।

८) गाउँपालिकाको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना कायक्रमलाई प्राथमिकता दिइनेछ । समावेशी विकास गरी सामाजिक विभेद कम गर्दै लगिनेछ ।

९) छुवाछुतमुक्त समाजको अवधारणालाई सार्थक बनाउन समुदाय तहसम्म विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

१० ) दलित, आदिबासी जनजाती, थारु, मधेशी,मुस्लिम,पिछडावर्ग एवं अल्पसंख्यक, लोपोन्मुखको परम्परागत पेशा, सीपको संरक्षण गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछ  । यौनिक/लैगिंक अल्पसंख्यकहरुको मुलप्रवाहीकरणका लागि क्षमता अभिबृद्धि र आय आर्जनमा सहकार्य गर्न कार्यक्रम संचालन गरिनेछ  ।

११)  दुर्व्यसनमा फसेका युवाहरुलाइ लक्षित गरी लागु पदार्थ दुर्व्यसन, एच.आई. भि. एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतिकरण कार्यक्रम संचालन गरिनेछ । दुर्व्यसनमुक्त समाज निर्माण गरि स्वरोजगार र आत्मनिर्भरता तर्फ अग्रसर गराइनेछ ।

१२)माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गरिनेछ ।  विद्यालयहरुको नक्सांकन गरी राष्ट्रिय मापदण्ड अनुरुपको दुरीभित्र आधारभुत तथा माध्यमिक विद्यालयहरुको व्यवस्थापन गरिनेछ  ।सामुदायिक विद्यालयलाई गरिने पुर्वाधार सहयोगमा अपाङमैत्री र लैगिंकमैत्री शौचालय निर्माण गरिनेछ । सबै सामुदायिक माध्यमिक बिद्यालयमा बालमैत्री धारा जडान गरिनेछ ।

१३ ) गाउँपालिका क्षेत्र भित्र क्रियाशिल गैरसरकारी संस्थाहरुको कार्यलाई गाउँपालिकाको प्राथमिकता प्राप्त क्षेत्रमा लक्षित  गरी नतिजा मुलक  बनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति बनाइने छ ।

१४)  गाउँपालिका कार्यालयमा स्तनपान कक्ष स्थापना गरिने छ ।

१५)  शिक्षा, स्वास्थय , सञ्चार ,यातायात , पर्यटन , उद्योग र व्यपार विकास का मुल अधार भन्ने नारा भित्रका गाउँपालिकाको विकासमा अग्रणी क्षेत्र उन्मुख कार्यक्रम संचालन गर्न विषय क्षेत्र सँग सम्बन्धी संघ  संस्था , निजिक्षेत्र सँग समन्वय र सहकार्य गरी सार्वजनिक निजि साझेदारीलाई प्रवर्धन गर्न त्यस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गरिने छ  ।

१६) सरावल गाउँपालिका द्वारा संचालित बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ साथै  स्वास्थ्य पोषण युक्त सन्तुलित आहार तथा बच्चा र आमा लाई न्यानो कपडा र पोषणभत्ता उपलव्ध गराईने छ ।

१७)महिला स्वास्थय स्वयमसेविका सेवालाई थप प्रभावकारी बनाउन हाल प्रदान गरिदै आएको प्रोत्साहन भत्तामा निरन्तरता दिइने छ  ।अवकास पाउने रकमममा समेत थप गरिने छ । उत्कृष्ट सेवा प्रदान गर्ने महिला स्वास्थय स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिने छ । साथै स्वास्थ बिमाको लागि पहल गरिने छ  ।

१८)  निजी स्वास्थय संस्थाहरुको प्रभावकारी अनुगमन नियमन गरिने छ  । विना दर्ता संचालित स्वास्थ्य संस्थाहरु बन्द गराईने छ । प्रत्येक विद्यालयहरुमा १ जना शिक्षकलाई प्राथमिक उपचारको तालिम प्रदान गरी प्राथमिक उपचार प्रदान गर्ने व्यवस्था मिलाईनेछ    ।

१९) विद्यालय स्वस्थ्य कार्यक्रम सञ्चालन गरिनेछ। जसअन्तर्गत सम्वन्धित वडाको स्वस्थ्य चौकिवाट महिनाको कम्तिमा १ पटक स्वास्थ परिक्षण गर्न स्वास्थ्यकर्मी खटाउने कार्यक्रम ल्याईनेछ।

२०) बिद्यालय र सबै कार्यालय भित्र धुम्रपान तथा मध्यपान गरिनेलाई जरिवाना गरिने छ  ।

२१) गाउँपालिका बासिलाई पाईपलाइनबाट आर्सेनिकमुक्त शुद्ध खानेपानीको सुविधा उपलब्ध गराउन आवश्यक पहल गरिने छ ।

२२) यस गाउँपालिका अन्तर्गतका पिडित महिला तथा बालबालिका सहित सम्पुर्ण समुदायलाई न्यायमा पहुचको निति अवलम्बन गरिने छ  । साथै पिडित बालबालिका तथा महिलाहरुलाई निशुल्क न्यायिक उपचारको व्यवस्था गरिने छ  ।

२३) सरावल गाउँपालिका अन्तर्गतका शिक्षक दरबन्दी कम र विद्यार्थी संख्या बढी भएका समुदायिक बिद्यालयलाई थप शिक्षक अनुदान दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।

२४) खेलकुद क्षेत्रको विकासको लागि प्रत्येक वडामा कम्तिमा एक वटा वडा स्तरिय खेलकुद मैदान तथा गाउपालिकामा कम्तिमा एक वटा पालिका स्तरिय खेलकुद मैदान निर्माण गरी युवाहरुलाई खेलकुद तर्फ आकर्षित खालका कार्यक्रमहरु संचालन  गरिने छ । 

२५) कोभिड १९ महामारीको रोकथाम,नियन्त्रण र उपचारलाइ थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।

२६)  फोहोर मैला व्यवस्थापनका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ ।

 २७)  विद्यालय अध्ययनरत किशोरीहरुका लागि सुरक्षित सरसफाईका समाग्री वितरण कार्यलाई निरन्तरता दिइने छ ।

२८) जेष्ट नागरिकलाई लक्षित गरी निशुल्क आखाँ शिविर र महिलाको निशुल्क पाठेघर परिक्षण शीविर संचालन गरिने छ ।साथै कुष्ठ रोग नियन्त्रणका लागि क्यामपिङ संचालन गरिने छ ।

२९)  किरा , फटयाङग्रा  र लामखुट्टे लगायतका शत्रुजिव  नियन्त्रण कार्यक्रम संचालन गरिने छ ।

३०)  वडा नं. २ र ७ मा संचालित प्रसुति र ल्याब सेवा संचालन लाई निरन्तरता दिदै वडा नं. ५ र ६ मा प्रसुती सेवा विस्तार गरिनेछ ।

३१) विद्यालयको स्थायी सम्पत्तिको लगत तयार गरी सम्पत्तिको सृजनशील उपयोग गरी विद्यालयलाइ आत्मनिर्भर बनाउन प्रोत्साहन गरिनेछ ।

३२) मातृमृत्यूदर,शिशु तथा वालमृत्यूदर,कुपोषण,बिभिन्न जीवाणु एवं विषाणुबाट लाग्ने रोगहरुको संख्यात्मक अवस्थाको आवश्यकताअनुसार आंकलन,संकलन तथा विश्लेषण गरी सचेतनामुलक,प्रर्वद्धनात्मक र उपचारात्मक कार्यक्रम संचालन गरी स्वास्थ्य सेवा जनताको घरदैलोमा पु¥याइनेछ ।

३३) आयूर्वेदिक एवं वैकल्पिक स्वास्थ्य सेवाहरु मार्फत नागरिकहरुमा व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सुधार गर्ने कार्यक्रम लागु गरिनेछ । साथै योग,स्थानिय जडिवुटीको प्रयोग एवं संरक्षणको लागी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । साथै योग,स्थानिय जडिवुटीको प्रयोग एवं संरक्षणको लागी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

३४) आर्थिक,सामाजिक एवं मानव बिकासमा स्थानीय समुदायको स्वकृयाशिलता एवं सहभागितालाइ प्रभावकारी बनाउन टोल बिकास कार्यक्रम लागु गरिनेछ ।

३६) स्थानिय भाषा संस्कृतिको संरक्षण तथा प्रवर्धन कार्यक्रमहरु संचालन गरिने छ ।

३६) अति विपन्न नागरिकहरुको पहिचान गरी परिचयपत्र वितरण गर्न आवश्यक पहल गरिनेछ।

ङ) वन , वातावरण  तथा विपत व्यवस्थापन सम्बन्धी निती तथा कार्यक्रमहरु :

१) सरावल गाउँपालिकामा रहेका आकस्मिक विपद व्यवस्थापन कोषको रकम लाई बृद्धि गरीनेछ ।

२) स्थानिय विपत व्यवस्थापन समिति मार्फत विपद पुर्व तयारी तथा प्रतिकार्य योजना र जोखिम न्युनिकरण तयारीको कार्य गरिने छ । विपद न्युनिकरणका लागि पुर्व सुचना प्रणाली सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिने छ  । विपदमा परेका नागरिकलाई राहत उदारमा स्थानिय स्तरका विपद व्यवस्थापन समितिलाई सक्रिय वनाइने छ  ।समितिका सदस्यको क्षमता अभिवृध्दिको लागी तालिम प्रदान गरिने छ  ।

३)  यस गाउपालिकामा रहेको भलुही , झरही धनेवा खोलामा डयाम बनाई तटबन्ध गरी डुवानको समस्यालाई समाधान गर्न पहल गरिने छ  ।

४) गाउंघरमा गोवरगुइठा बाल्नाले प्रदुषण हुने,आगलागीको सम्भावना हुने,महिलाको श्रम खेर गइरहेकाले वैकल्पिक उर्जाबाट गुइठा प्रतिस्थापन गरी गोवरलाइ जैविक मलको रुपमा प्रयोग गर्नर गोवरग्यास निर्माण गर्न प्रोत्साहन गरिनेछ ।

५) वन तथा वातावरण संरक्षणको लागी प्रत्येक नक्सा पास गर्ने घर धनिले दुई बिरुवा रोप्नु  पर्ने अनिवार्यता कायम गर्न आवश्यक पहल गरिने छ  । विपद जोखिम कम हुने संरचना निर्माण गर्न जोड दिइने छ  ।

६)  सडक , नाला , सार्वजनिक र खुला स्थानमा फोहोर फाल्नेलाई कारवाही गर्ने निति लिईनेछ । बजार क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था गरिने छ  ।

७) सर्वजनिक जग्गाको संरक्षण वडा समिति एवं समुदायको सहभागितामा गरिने छ  ।

८) प्राकृतिक सम्पदाको अनाधिकृत तथा अवाञ्छित दोहन हुन नदिन विभिन्न कार्यक्रम संचालन गरिने छ । नदिजन्य पदार्थ उत्खनन र ठुलो योजनामा प्रारम्भिक वातावरणिय परिक्षण र वातावरणिय प्रभाव मुल्याङकन गरिने छ  ।

९)  खाली सार्वजनिक जग्गामा बृक्षारोपण कार्यक्रम संचालन गरिने छ । साथै निजि जग्गामा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्न र बिरुवा खरिदमा अनुदान उपलब्ध गराइने छ ।

१०) स्थानिय समुदायसंगको सहकार्यमा नदी , खोला, घोला , कुलो र नाला सफाई गरिने छ ।

१३) सिमसार, बांध,तालतलैया,नदिको संरक्षण,मर्मत तथा तटबन्ध गर्ने कार्यक्रम तय गरिनेछ। जसवाट पानी संचय भइपर्यावरणिय संरक्षण सहित सिंचाइ व्यवस्था मिलाइनेछ ।

१४) सार्वजनिक जग्गा संरक्षण गर्न स्थानिय समुदायलाई प्रोत्साहन एवं परिचालन गरिनेछ ,त्यस्ता जग्गा तारवार गरी सार्वजनिक प्रयोगमा उपयोग गरिनेछ ।

१५) वास योजना निर्माण गरी स्वच्छ,सफा घरटोल,शुध्द खानेपानीको व्यवस्थापन,व्यक्तिगत र सामुदायिक सरसफाइ,स्वास्थ्व सुरक्षाका उपायहरु अवलम्वन गर्न गाउंवासीलाइ सचेतना,अभिमुखिकरण जस्ता कार्यक्रम संचालन गरिनेछ ।

१६) पुर्ववत रुपमा संचालित  गिद्ध संरक्षण अभियानलाई निरन्तरता  दिइने छ । यस्तै वडा नं. ७ मा रहेको चमेरो(गोदुल) क्षेत्र संरक्षणमा विशेष कार्यक्रम ल्याईनेछ । 

१७) जलवायु अनुकुलन तथा खाद्य सुरक्षा एवं खाद्य सम्प्रभुता सुनिश्चित गर्न सहभागितामुलक कार्यक्रम संचालन गर्ने , पालिका भित्र पाइने लोपोन्मुख तथा संकटापन्न जिवजन्तु , बनस्पति संरक्षणकोलागि आवश्यक कार्ययोजना तयार गरी लागु गरिने छ । 

च) सुशासन प्रवर्द्धन तथा संस्थागत विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु

१) सरावल गाउँपालिका लाई प्रविधि मैत्री गाउँपालिकाको रुपमा पहिचान  गराउन डिजिटल गाउँपालिकाको रुपमा विकास गरिने निति ल्याईने छ ।

२)प्रत्येक वडामा स्थापित मेलमिलाप कक्षलाई थप व्यवस्थित गरिनेछ। मेलमिलापकर्ता एवं न्यायिक परामर्शदाताको सहयोगमा न्यायिक पहुच सुनिश्विता गर्नका लागी आवश्यक कार्यक्रम ल्याईनेछ ।

३) जनप्रतिनिधि एवं कर्मचारीहरुको नेतृत्व तथा क्षमता विकास तालिमसञ्चालन गरी सेवा प्रवाहलाई चुस्त छिटोछरितो र मितब्ययी बनाईनेछ ।

४) कर्मचारी कल्याण कोषलाईथप व्यवस्थित र प्रभावकारीता बनाउने नीति ल्याइने छ ।

५)सरावल गाउँपालिकाको बित्तिय कारोबारलाई विद्युतिय प्रणालीमार्फत थप व्यवस्थित गरिने छ ।

६)सरावल गाउपालिकालाई आवश्यक पर्ने अफिस उपकरण , स्टेसनरी तथा मेशिनरी समानहरु खरिद गर्दा गुणस्तर चिन्ह प्राप्त ग्यारेन्टी भएका समानहरुलाई प्राथमिक्ता दिई प्रतिस्पर्धाको माध्यमबाट खरिद गरिने गाउपालिकाका स्वदेशी  उत्तपादनलाई प्राथमिक्ता दिइने छ  । कार्यालयमा भएका साधन मेशिन उपकरणहरुको बेलैमा नियमित मर्मत सम्भार गर्ने , अधिक्तम परिचालन गर्ने र स्रोत अभिबृद्धिमा समेत प्रयोग  गरिने नीति ल्याइने छ ।

७) कार्यालयमा रहेका विभिन्न सवारी साधन मेशिन उपकरण , फर्निचर लागायतका विभिन्न जिन्सी समानहरु र कार्यालय संरचना चालु अवस्थामा राखिने छ  ।

८) नागरिकलाई छिटो छरितो सरल सहज र बिना झन्झट सेवा प्रदान गरिने छ  ।

९) सबै प्रकारका आर्थिक करोबार बैंक मार्फत गरिने छ ।

१०) कर्मचारीहरुलाई उत्पेरित गरी उच्च मनोवलका साथ कार्य  गर्ने वातारण सिर्जना गरिनेछ ।

११) घटना दर्ता तथा समाजिक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई विभिन्न किसिमको तालिमहरुको संचालन गरी प्रविधीमैत्री वनाईने छ ।

१२) व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षाकोप्रभावकारिता कायम गर्न विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम संचालन गर्ने नीति ल्याइने छ । सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीको अभिलेखन समयमै अध्यावधिक गरिने छ ।

१३)  सूशासन पारदर्शिता र जबाफदेहितामा अभिबृद्धि गराउन गाउँपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम आयोजनाले पारेको समाजिक प्रभावको लेखाजोखा गर्ने गरी समाजिक परिक्षण र सबै आयोजना कार्यक्रमहरुमा सार्बजनिक परिक्षण र सार्वजनिक सुनवाइ कार्यक्रम समपन्न गरिने छ ।

१४) आन्तरिक लेखा परिक्षण शाखालाई प्रभावकारी बानइने छ । स्रोत साधनको मितव्ययी प्रयोग गरिने छ । प्रयोग गरेको सवारी साधनको लगबुक खडा गरिने छ ।

१५) सरावल गाउँपालिकाको सेवा प्रवाह, जानकारी, सन्देश र अनुरोधलाई सेवाग्राहीको हातहातमा पुर्याउन तयार गरिएको मोबाईल एप्सलाई थप सुरक्षित एवं प्रभावकारी वनाईनेछ ।

१६ ) सरावल गाउँनगरपालिकाको आधिकारिक वेबसाइटलाई थप व्यवस्थित एवं प्रभावकारी वनाईने छ  ।मासिक रुपमा भएको आम्दानि खर्च एवं निर्णयहरु वेबसाइडमार्फत सार्वजनिक गरिनेछ  ।

१७) गाउँपालिका कार्यालयमा ल्यान्डलाईन टेलिफोन जडान गरिने छ ।

१८)  गाउँपालिकाको संस्थागत बिकास, तथा सुशासन , जवाफदेहिता तथा पारदर्शिता कायम गर्न आवश्यकतानुसार गाउँपालिको ऐन , नियमहरु कार्यबिधिहरु , निर्देशिकाहरु  तर्जुमा तथा संशोधन गरी कार्यान्वयनमा ल्याइने छ  ।

१९) सेवाग्राहीको गुनासो व्यवस्थापन गर्न हरेक वडामा एक जना गुनासो सुन्ने अधिकारीको व्यवस्था मिलाइने छ । साथै कार्यपालिकामा समेत गुनासोव्यवस्थापनलाई थप व्यवस्थित बनाइने छ ।

२०) सरावल गाउँपालिकाको कार्यालयमा सञ्चालित डिजिटल नागरिक वडापत्र व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।

२१) गाउँपालिकाको कार्यालयको सुरक्षा, गाउँपालिका क्षेत्र भित्र शान्ति व्यवस्था  कायम गर्न , सार्वजनिक सम्पतिको संरक्षण तथा रेख देख गर्न कुनै पनि किसिमका समुदायिक घटना लाई निरुत्साहित गर्न , चोरी निकासी तथा अवैध कालोबजारी नियन्त्रण गर्न विपद व्यवस्थापन तथा आयोजना कार्यान्वयनमा सघाउ पुर्‍याउन र आम गाउँबासीहरुको स्वतन्त्रताको हकको सुनिश्चित गर्न नगर प्रहरी व्यवस्था गरिएकोमा सोको थप व्यवस्थित गरिनेछ ।

२२ ) जनप्रतिनिधि तथा क्रमचारीहरुको आचारसहिताको कार्यान्वयनलाई प्रभावकारी बनाइने छ  ।

२३) आफ्ना काम कारवाही, निर्णयहरुको नियमित प्रकासन गरि नागरिकको सुचनाको हकसुनिश्चित गर्ने नीति लिइने छ । यस गाउँपालाकालाई बेरुजु र भ्रष्टाचारमा शुन्य सहनशिलताको निति लाई निरन्तरता दिइने छ ।

२५) दलित अल्पसंख्यकजातिहरुलाई मुलप्रवाहिकरण गर्न तथा सामाजिक आर्थिक अवस्थाको विकास  र सुधार गर्न सिपमुलक  तालिमको व्यवस्था गरिने छ ।

२६) गाउँपालिकाले जारी गरेको नीति , ऐन , नियम र आदेशहरु पालना नगर्ने व्यक्तिहरुको वडागत सुची तयार गरी गाउँपालिका तथा वडा कार्यालय मार्फत प्रदान गरिने सेवासुविधाहरुमा त्यस्ता व्यक्तिहरुलाई सहभागी नगराईने निती अवलम्वन गरिनेछ  ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित