Rashtriya Dainik

सुनवलमा प्रथम खुल्ला डोजो स्तरिय कराते प्रतियोगिता सुरु

अमृता सुनार/नवलपरासी ,१७ फागुन

पश्चिम नवलपरासीको सुनवलमा डोजो स्तरिय कराते प्रतियोगिता सुरु भएको छ । जिल्ला कराते महासंघ नवलपरासीको आयोजनामा प्रथम खुल्ला डोजो स्तरीय २ दिने कराते प्रतियोगिता आज देखि सुनवल सि गेटमा सुरु भएको हो ।

कराते महासंघ जिल्ला कमिटी अध्यक्ष अनिस पाण्डेको अध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमला अर्यालले उद्धाटन गर्दै प्रतियोगिताको सुरुवात भएको हो ।
कार्यक्रममा सुनवल वडा नम्बर १,३ र ४ का वडा अध्यक्षहरु मन बहादुर थापा मगर, पबिन गुरुङ्ग, बाल कृष्ण पङ्गेनी, कराते महासंघ नेपालका केन्द्रीय प्रशिक्षक ऋषिराम पौडेल, जिल्ला खेलकुद विकासका उपाध्यक्ष रमेश कर्मचार्य, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष वीर बहादुर गुरुङ्ग लगाएतको आतिथ्यता रहेको थियो ।

२ दिन सम्म चल्ने प्रतियोगितामा २५ केजी देखि ४८ केजी समुहका महिला पुरुष गरि नवलपरासी, रुपन्देही र कपिलवस्तुको कराते खेलाडीको सहभागीता रहनेछ । बक्सिङ संघ प्रदेश कमिटी सदस्य टेक बहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन डोजो प्रतिक्षा राना मगरले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित