काठमाडौं । समाजसेवी राजेन्द्र महर्जन (राजु) को ५७ बर्षको उमेरमा असामयिक निधन भएको छ ।
क्यान्सर राेगबाट गत फागुन ५ गते पुलिश हस्पिटल महाराजगञ्जमा साेमबार राती करिब १० बजे निधन भएकाे हाे ।
लायन्यस क्लब पद्म काष्ठपुरकाे अध्यक्ष, कीर्तिपुर अप्टिकललका संस्थापक समेत रही करिब ३ दशक भन्दाबढि आँखा सहायक विज्ञका रुपमा कार्यरत थिए ।
देशका विभिन्न ग्रामिण क्षेत्रमा गई निःशुल्क आँखा शिबिर सञ्चालनमा तल्लिन रहने ग्रामिण क्षेत्रका आर्थिक रुपले विपन्नहरुको सरल, सहज ढंगबाट विभिन्न संस्था मार्फत निःशुल्क उपचारकाे व्यवस्था मिलाउने गर्थे । उहाँकाे पहलमा संचालित स्वास्थ्य शिबिरबाट हजारौको संख्यामा आँखाको ज्याेति पाएकाे थियाे ।
कीर्तिपुर आँखा अस्पताल स्थापना स्थापना गर्न समेत उनकाे महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे । कीर्तिपुरको द्यः ध्वखामा वि.सं. २०२४ सालमा चौथो सन्तानका रुपमा जन्मेका राजेन्द्र महर्जन एकदमै मिलनसार, मिजाशिला थिए ।
उनकाे अन्त्याेष्टी फागुन ६ गते मंगलबार कीर्तिपुरकाे मसानघाटमा गरिएकाे थियाे । दुई सन्तानका पिता रहेका जहान रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

