पर्सा ।
पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा -५, एकडर्वा लखनपुर गाउँमा डोम, मुसहर , दलित समुदायको भेला गरि डोम मुसहर समुदायको लागि दलित दबाब समुह गठन गरिएको छ।
डोम, मुसहर समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। दलित समुदायको सबै जाती भन्दा डोम , मुसहर समुदायको अवस्था निकै कमजोर रहेकोे छ। कुनै पनि संघ/संस्थाले डोम मुसहर समुदायलाई लक्ष्यित गरि कार्य गरेको देखिएको छैन।
गाउँपालिका बाट डोम मुसहर समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको डोम मुसहर समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ। दलित समुदाय लाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न। हामी आवाज विहीनको आवाज बन्नु पर्छ एक दलित अगुवा भन्नू हुन्छ । हामी अब चुपचापले हुदैनन् । हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं । डोम मुसहर जाती धेरै विभेद रहेकोे छ। डोम मुसहर समुदायको बालबालिका अहिले पनि विद्यालय जान्न बाट बन्चित रहेको छ्न। विरुद्धमा आन्दोलन गर्ने छौँ ।
डोम , मुसहर लगायत दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो डोम मुसहर सशक्तीकरणको लागि दलित दबाब समुह गठन गरिएको छ। यो दबाब समुहले बढी लक्ष्यित गरि डोम , मुसहरहरुको सशक्तीकरण , उत्थानको कार्य गर्ने छ। अहिलेसम्म समाजमा डोम , समुदाय , मुसहर समुदायको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता तथा ईज्जत् प्रतिष्ठता रहेकोे छैन। गैर दलित समुदाय बाट धेरै विभेद खेपिरहेका छ्न। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।
गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ।
गठन गरिएको डोम मुसहर सशक्तीकरणको लागि दलित दबाब समुहको संयोजक रामाअसिस मुसहर संयोजकत्वमा ११ सदस्यीय समुह गठन गरिएको छ। स-संयोजक संयोजक संगिता देवी डोम, संतोस मुसहर , रामजी मुसहर , मन्तोरा देवि मुसहर , उमा देवी मुसहर , जितेन्द्र मुसहर , गणेश मुसहर , किसमा देवी डोम, दावा मुसहर , राजिन्द्र मुसहर रहनु भएको छ।
दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम , चन्द्र किशोर राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे छ।
यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

