विनोद मण्डल,फाल्गुन १२ । सिराहा जिल्लाको धनगढीमाई १३ ढुंगाना टोलमा निर्माण सम्पन्न गरिएको शिवालयको उद्दघाटन वडा अध्यक्ष सूर्यमान तामाङ र नगरप्रमुख शिवशङ्कर महतोले संयुक्त रूपमा गर्नु भएको छ ।
वडा अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा शिवालय मन्दिर परिसरमा रहेको ट्रस्ट भवनको उद्घघाटन पद्मोदय फाउन्डेसनका अशोक खड्काले गर्नु भएको छ ।
आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा श्रद्धालु भक्तजनहरूको ठूलो सहभागिताका बीच आयोजित कार्यक्रममा कलश यात्राको आरंभ गरी धनगढीमाई १३ परेवाभिर स्थितको देवी मन्दिर एरियाबाट जल भर्दै वडाको परिक्रमा गरी कलश यात्रा शिवालयमा आई टुंगिएको थियो ।
संक्षिप्त कुराकानीमा वडा अध्यक्ष सूर्यमान तामाङले धनगढीमाई १३ धार्मिक सांस्कृतिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण स्थान भएकोले यसको बृहत्तर विकासमा आफू लागेको भन्दै आजको कलश यात्राले स्थानिय निर्माणाधीन देवी मन्दिर परिसरसम्म आयोजना गरेको कलश यात्राले आम भक्तजनलाई अझ परिचित गराएको बताएका छन ।

शिवालयमा स्थापना गरिएको शिवलिङ्ग स्थानिय सर्युग शाहले स्थापना गर्नु भएको छ भने शिवालय धनगढीमाई १३ वडा कार्यालयको बजेटबाट निर्माण सम्पन्न गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

