फाल्गुन ,११ सिराहा । सिराहा जिल्लाको धनगढीमाई १३ परेवाभिर स्थित रहेको “राजदेवी चन्द्र घण्टा” देवीको मन्दिर नेपाल पत्रकार महासंघ सिराहा शाखाका जिल्ला सदस्य विनोद मण्डलको पहलमा निर्माण सम्पन्न गरिएको छ ।
वर्षौंदेखि स्थानिय सरे खोलाको पूर्वी किनारको छ्याङ खोलामा हलुरेको वोट तल रहेको उक्त देवी स्थानमा स्थानीयले वर्षौंदेखि नियमित पूजापाठ गर्दै आएको थियो । जंगल र भीरमा रहेको उक्त देवी स्थानमा भाकल गरेको खण्डमा स्थानीयलाई फलिफाप भएको स्थानियहरुको भनाई रहेको छ ।
संरक्षण विहिन बनेको उक्त स्थानलाई माघ १ गतेदेखि मन्दिर निर्माणको लागि स्थानिय पत्रकार मण्डलले आफ्नो फेसबुक पेजबाट सहयोग आह्वान गएपछि दाताहरुले सहयोग गरेका थिए ।
उक्त सहयोगबाट मण्डलले करिब निर्माण शुरू गरेको १३ औं दिनमा मन्दिरको छत ढलानको कार्य सम्पन्न गराएका थिए ।
मन्दिरमा ढोकाको काम सम्पन्न भई सेटिङ खोल्न बाँकी रहि आउने फाल्गुन १६ गतेदेखि प्लास्टरको काम थालिने बताइएको छ ।
समग्र पक्षलाई हेर्दा मन्दिर निर्माण सम्पन्न भई सामान्य कामहरू बाकी रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

