उत्तम कुमार थापा बझाङ
अनेरास्ववियु बझाङले ज्ञापनपत्र बुझाएको छ । अाज एक कार्यक्रमका विच बैतडी जिल्ला दाेगडा केदार गाउँपालीका वडा नम्बर ७ चडेपानिकि १७ बर्षिया भागिरथी भट्टकाे बलत्कार गरि हत्या गरेको भन्दै न्यायकाे लागि अनेरास्ववियू बझाङका सह-सँयाेजक देविजङ्ग सिहकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लाई ज्ञापनपत्र बुझाएको हाे ।

कक्षा १२ मा अध्यानरथ १७ बर्षिया बालिकाको कुन पापीले बलत्कारपछि हत्या गरेकाे भन्दै अनेरास्ववियू बझाङले खेद प्रकट गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङ कार्यलयमै ज्ञापनपत्र बुझाउदा अाफ्नाे तर्फ बाट निरन्तर लागिपरेको र अझै तपाईंले उठाएकाे अावाज सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उहाले बताए । कार्यक्रम अनेरास्ववियू केन्द्रीय सदस्य रामचन्द्र राेकाया लगाएत सबै उपस्थिति रहेको अनेरास्ववियू बझाङले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

