नवलपरासी , १० फागुन ।
नवलपरासीमा आयोजित एक कार्यक्रममा सरकारबाट समयमै सङ्घीय निजामती सेवा ऐन नआउँदा आम नागरिक सेवा प्रवाह प्रभावित हुँदै आएको औँल्याइएको छ । नवलपरासीमा नेपाल निजामती कर्मचारी युनियन नवलपरासीको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रम सो कुरा औँल्याइएको हो ।
कार्यक्रममा सङ्घीय निजामती सेवा ऐन नआउँदा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएकोमा जसले गर्दा कर्मचारी व्यवस्थापनमा समस्या हुँदा आम नागरिकले प्राप्त गर्नुपर्ने सेवा सरल सहज रुपमा प्राप्त हुन नसकेको निष्कर्ष निकालिएको छ ।
यसैबीच सो कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन नवलपरासीको नबौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई एक कार्यक्रम बिच प्रमाणपत्र बितरण गरिएको छ ।
प्रमाण पत्र वितरण गर्दै नेपाली कङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले कर्मचारी युनियन नेपाली काङ्ग्रेसको बौद्धिक जनशक्ति भएकाले पार्टीले सोही अनुसार बौद्धिक काममा परिचालन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ , कर्मचारी युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, महासचिव जनक रावल , उपमहासचिव इन्दु शर्मा युनियनका केन्द्रिय सचिव कुल प्रसाद भट्टराई , युनियनका निवर्तमान अध्यक्ष सनत कुमार गिरी , नेपाल निजामती कर्मचारी युनियन नवलपरासी पूर्वका अध्यक्ष अशोक श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी युनियन नवलपरासीका अध्यक्ष सुन्दर खनालको अध्यक्षता , जिल्ला उपाध्यक्ष महेन्द्र रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव कमल अर्यालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

