उमेश बि.क /नवलपरासी ,४ कार्तिक पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुरर गाउपालिका वडा न ३ गिदहा टाेेलमा गठित नमस्ते युवाा कल्बले अाज गिदहामा रहेकाे प्रतेक बिद्युत पाेलमा सडक बत्ति जडान गरि उज्यालाे बनाएकाे छ । टाेल उज्यालाे बनाउने अभियान अन्तर्गत क्लबकाे काेषबाट सडक बत्ति जडान गरिएकाे क्लबका अध्यक्ष नन्दु यादवले जानकारी दिनु भयाे । बि . स .२०६९सालमा जिल्ला प्रशासन कार्यालयमा नवलपरासीमा दर्ता भई समाज मा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अाएकाे छ ।हामि नगरे कसले गर्ने , अाज नगरे कहिले गर्ने भन्ने मुल नारा का साथ क्लबले विभिन्न काम गर्दै अाएकाे छ ।अबकाे दिनमा एक घर काे अागन मा एक बिरुवा राेप्नुपर्ने अभियान चलाउने अध्यक्ष यादव ले बताए ।गाउलाई हराभरा बनाउने उदेश्यका साथ बिरुवा राेप्ने अभियान रहेकाे बताईएकाे छ ।समाजमा रहेका सामाजिक समस्यालाई सामाधान गर्दै क्लब अगाडि बढिरहेकाे छ । साबित साेमनी गा.बि.स. लाई खुल्ला दिसामुक्त क्षेत्र घाेषणा गर्ने समयमा पहिलाे टाेल घाेषणा क्लबले गरेकाे थियाे।खुल्ला दिशा मु्क्त घाेषणा भएपछि गा.बि स..बाट नगद २५ हजारबाट सम्मानित समेत भएकाे थियाे । तेसै गरि बाढि समस्या काे क्षेत्रमा राहत बितरण समेेत विभिन्न समयमा बितरण गर्दै अाएकाे छ । काेराना महामारीमा पनि माक्स, सेनिटाईजर ,साबुन ,समेत बितरण गरेकाेदछ ।भाकमरि नहाेस बनी राहत स्वरुप गरिब परिवारलाई चामल ,तेल ,नुन लगायतकाे समयमा बितरण गरेकाे छ। ट्राफिक नियम सम्बन्धि विभिन्न समयमा कार्यक्रम गर्दै अाएकाे छ । टाेलमा १४०घर धुरि रहेकाेमा यहाँ थारु ,यादव ,काेईरी ,काेहार ,बरइ ,हरिजन ,जाेशी लगायत जातिका बसाेबास रहेकाे छ ।सदरमुकाम देखि २० किलाेमिटर दुरिमा रहेता पनि यहाका जनतामा जनचेतना रहेकाे बुझिएकाे छ ।टाेललाई बिकास गर्नमा सबै एकजुट भई लागि रहेकाे हुन्छन । अाउने दिनमा टाेललाई नमुनाकाे रुपमा बनाउने अभिया रहेकाे क्लबका सचिव बिनाेद काेहार ले जानकारी दिनु भयाे । सडक बत्ति जडानले यहाका स्थानीय बासिमा खुसियाली छाएकाे स्थानिय अर्जुन हरिजनले बताउन भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।