Rashtriya Dainik

हात्तीवनमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने

उमेश बि.क / नवलपरासी ,२८ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तीवनमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ।

सम्मेमाई सामुदायिक युवा क्लबको आयोजनामा माघ ३० गते २० हजार पुरस्कार राशिको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम टिमले नगद २० हजार सहित कप, मेडल प्रमाणपत्र र दोस्रो हुनेले नगद १० हजार सहित कप, मेडल र प्रमाण र प्रतियोगिताको म्यान अफ द सिरिजलाई मेडल , प्रमाण प्रदान गरिने अनिल गुप्ताले बताए ।

प्रतियोगितामा जिल्ला वाहिरका टिमले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित