Rashtriya Dainik

सिद्दार्थ माविको ३९ औं वार्षिकोत्सब सम्पन्न

तुलसी राम पौडेल /सियारी, माघ २८

रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ मिलनचोक स्थित सिद्दार्थ माध्यमिक विद्यालयको ३९औ वार्षिकोत्सब बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो ।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले शिक्षाको गुणस्तर वृद्धिको लागि सियारी गाउपालिकाले सक्रिय रूपमा कार्य गरिरहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालले शिक्षक तथा अभिभावकको महत्त्वपूर्ण भुमिकाबाट नै विद्यालय शैक्षिक क्षेत्रमा अगाडि बढ्ने बताउनु भयो ।सियारी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले विद्यालयको शैक्षिक विकासको लागि वडास्तरबाट सहयोग निरन्तर भैरहने बताउनु भयो ।

कार्यक्रममा सियारी गाउपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल ,विद्यालयका पुर्व प्रधानाध्यापक नेत्र प्रसाद खनाल ,विद्यालय व्यवस्थापन समिती सदस्य खिमनाथ सापकोटा ,विद्यालयका सल्लाहकार चन्द्रबहादुर जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसै अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । लामो समयदेखि अध्यापनरत शिक्षक शिक्षिका एवं विद्यालयका जग्गादातालाई समेत सम्मान गरिएको थियोे ।

विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत ,विद्यालयका सहायक प्रधानाध्यापक पार्वती सुवेदिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक दलबहादुर श्रीसले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित