Rashtriya Dainik

सरावल गाउँपालिकाकाे बहुद्देशीय सभागृह निर्माण कार्य अन्तिम चरणमा

उमेश बि.क / नवलपरासी , २८ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे निर्माणाधिन बहुउद्देशीय सभागृहको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

झण्डै रू. डेढ करोडको लागतमा सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा निर्माण भइरहेको सभागृहको काम अन्तिम चरणमा पुगेको हो ।

२०७६ सालदेखि निर्माण कार्य शुरु भएको एक तले सभागृहको भौतिक पूर्वाधार निर्माणको काम अहिलेसम्म करीव ९० प्रतिशत सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको हाे । ‘भवन निर्माणको काम करीव अन्तिम चरणमा पुगेको छ’, वहाँले भन्नुभयो ‘अब भवनको ढाेका लगाउने र पेन्ट लगाउने काम मात्रै बाँकी रहेको छ ।’

प्रदेश सरकारको रू. ६० लाख र ९० लाख गाउँपालिका गरी कुल डेढ कराेडकाे लागतमा निर्माण कार्य भइरहेको छ।

निर्माण भइरहेको उक्त सभागृह एक तलाको छ भने त्यसमा करिब पाँच सय भन्दा बढीको संख्यामा मानिस अट्ने क्षमता रहेको छ ।

सभागृह निर्माण भएपछि पालिका अन्तर्गतका कार्यक्रमहरु यहि गर्न सकिने र यसले यहाँको विकाससँगै आर्थिक संमृद्धि गर्न टेवा पुग्ने अध्यक्ष चाैधरीको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित