Rashtriya Dainik

अभिभावकहरुका लागि अभिमुखिकरण कार्यक्रम

जनता अाधारभुत विधालय सुनवल १२ हरकट्टाका अभिभावकहरुको लागि बाल- बालिकाको मनोबिज्ञान पहिचान,खान -पान र अानि-बानी सुधार एवं अभिभावकको भुमिकाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा साइकोजोलिस्ट परामर्श प्रशिक्षक डा.शुसिल कण्डेलले प्रशिक्षण दिनुभएको थियो भने नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियोे ।

शिक्षिका बिमला खतिवडाले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तब्य प्रधानध्यापक गणेश पौडेल र अधेरी खोला खानेपानीका अध्यक्ष राजकुमार श्रेष्ठको रहेको थियो।कार्यक्रममा सोही विधालयका पुर्व अध्यक्ष अमर नारायण चौधरी पुर्व सल्लाहकार उमेश चन्द्र चौधरी वडा अध्यक्ष यमलाल पाण्डे वडा सदस्य जितेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित