उत्तम कुमार थापा / बझाङ
जिल्ला आयुर्वेद कार्यालय बझाङमा आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।
जिल्लाकाे पानकाेट नजिकै रहेको अायुर्वेद याेगाहलमा ३ दिने क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । अाज भएको अायुर्वेद सम्वन्धि कार्यक्रममा जिल्ला अायुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर सुर्य उपाध्यायको अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि डाक्टर वर्षा पाैडेल रहनुभएकाे थियाे भने कार्यक्रम सञ्चालन अायुर्वेद कार्यालय बझाङका वरिष्ठ वैद्य मिनराज पुरिले सञ्चालन गरेका थिए ।
अाज बाट सुरु भएर करिव तीन दिने अायुर्वेद सम्वन्धि तालिममा प्रमुख अतिथि रहनुभएका पाैडेलले दिप प्रज्लन गर्दै व्यानरमा शब्द बाचन गरि उद्घाटन गर्नुभएको हाे कार्यक्रममा वविता कुमारी शाहले स्वागत मन्तव्य राख्नुभएको थियाे । उद्घाटन कार्यक्रममा बाेल्दै डाक्टर सुर्य उपाध्याले भने, तपाईंहरु विभिन्न स्थानीय तहकाे अायुर्वेत बाट याहा तालिम लिन अाउनुभएकाे छ । केही कुरा सिकेर जान अनुराेध गर्दै, जनसमुदायले पाउने सेवालाई प्रभावकारी बनााउन निर्देशन दिनुभएको हाे । तालिम कार्यक्रममा विभिन्न स्थानीय तहका अायुर्वेदका कर्मचारीलाई सहभागीता गराईएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

