Rashtriya Dainik

बलिउडका चर्चित अभिनेता ऋषी कपुरका भाइ राजिव कपुरको निधन

दाजुको निधन भएको एक वर्षमै बलिउड अभिनेता राजिव कपुरको पनि निधन भएको छ । उनका दाई ऋषी कपुरको गत वर्ष निधन भएको थियो ।

राजिवको हृदयघातका कारण निधन भएको बताइएको छ । स्वास्थ्यमा समस्या भएपछि मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए ।उनको राम तेरी गंगा मैली’ फिल्म सुपर हिट भएको थियो ।

राजिव बलिउड अभिनेताहरूऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् ।ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत देवर राजिवको निधन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, हार्दिक ऋद्धाञ्जली ।राजिवका दाई रणधीर अहिले मुम्बईस्थित चेम्बर अस्पताल पुगेका छन् ।

जहाँ राजिवको शव राखिएको छ । उनले पनि सामाजिक सञ्जाल मार्फत भनेका छन् । मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे, द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित