Rashtriya Dainik

गाउँ-गाउँमा बालबालिकामा खेल प्रति उत्साह बढ्दो

कपिलवस्तु , मायादेवी-३, फुलिका आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष माथीका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ। त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्थाद्वारा आयोजित सो खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन।

सो खेलमा दुई दर्जन भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन। उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी ‘राजु’को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिस्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ। ‘स्वास्थ को लागी खेल’ नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्र,लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो।

आजकाल साना भाईवहिनीहरुमा खेल प्रति उत्साह बढेको , खेललाई बालबालिकाहरुको सर्वांगिण विकासको लागि आवश्यक रहेकोले अभिभावकहरुले बालबालिकाहरुको खेलरुचि प्रति ध्यान दिनु पर्ने बताउनु भएको छ। सो खेल एक हप्ता सम्म चल्ने आयोजकले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित