Rashtriya Dainik

सूर्यनगर गोल्डकप फाल्गुन ७ देखि हुने 

प्रकाश न्यौपाने /नवलपरासी,माघ २५ गते 

लुम्बिनी प्रदेशकै दोस्रो ठुलो एबं आकर्षक पुरस्कार राशी रहेको सूर्यनगर गोल्डकप नौ संस्करण हुने भएको छ। लुम्बीनी प्रदेशकाे तिलोत्तमा गोल्डकप पहिलाे हो भने सूर्य नगर गोल्ड कप दोस्रो ठुलो पुरस्कार राशि रहेको फूटबल प्रतियोगिता हो। फाल्गुन ७ गते देखि गोल्डकप सुरु हुने भएको भएको हो ।

नवयुवा क्लब बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि यतिबेला सुर्यनगर रंगशाला सजिसजाउको काम भैरहेको छ भने माटो फिलिङ,प्याराफिट रङरोगन लगायतका काम सम्पन्न भैसकेको छ ।

यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहने बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो ।८ औ सस्करण सम्म प्रथम पुरस्कार ५ लाख र द्वितीय पुरस्कार ३ लाख रहेकोमा अहिले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ ।फाल्गुन ७ गते उद्घाटन खेल हुने भएकाले पुर्वतयारी स्वरुप मुलतः ब्यवसायी,संघ सस्था, सहयोगी मानुभावहरु,स्थानिय पालिकाहरुमा आर्थिक संकलनका कामहरु भैरहेको नव युवा क्लबका अध्यक्ष धन सिंह चितौरेले बताउनु भयो ।

सुर्यनगर गोल्डकपलाई बर्दघाट नगरपालिका र यस क्षेत्रको समग्र परिचयको रुपमा लिने गरिन्छ भने आम खेलप्रेमी र खेलाडीहरुले पनि यसलाई फुटबलको महाकुम्भको रुपमा लिने गर्दछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित