स्वस्थ शरीरमा स्वस्थमस्तिष्कको विकास हुन्छ भन्ने भनाई विश्वव्यापीभनाई हो । तर स्वस्थ शरीरको लागिखानपान , सुताई इत्यादिहरुले निर्धारण गरेका हुन्छन् । हो त्यही स्वस्थताको लागि रोज्नुपर्ने व्यवसायिक ठाउँ हो दियालो फुडल्यान्ड । जुन नेपालको विभिन्नपाँचओटा ठाउँहरु बाट विगत झन्डै एक दशक देखि आफ्नो सेवादिदै आइरहेको छ ।
काठमाडौ, भरतपुरको बिक्रम पाण्डेय ओरालोमा, बुटवलको मिलनचोक र कालिकानगर बाट आफ्नो सेवादिदै आईरहेको छ । झन्डै एक दशक देखि काठमाडौ वाट सुरु गरेको प्रतिष्ठित ग्रुपले अहिले नेपाल को मुख्यमुख्य शहरहरुमा शाखाविस्तार गरिहेको छ ।
घरायसी वातावरणमा विभिन्न सेवा पुर्याईरहेको यस रेष्टुरेन्ट बाट उपभोक्ताहरु सन्तुष्ट देखिन्छन् ।अहिले विश्वव्यापी रुपमा वढदै गईरहेको कोलाहल वाट उपभोक्ताहरु शान्त ठाउँ रोज्ने तर्फ विकास भएको छ त्यहीशान्तिको अनुभुति गर्न सकिन्छ दियालो फुडल्यान्डमा ।विशेषतः बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्यान्ड बुटवल बासीको लागिचिरपरिचित ठाउँ हो भन्दाअतियोक्ति नहोला । यस गौतम बुद्धको पावनधर्तीमा अतिथितथा सत्कारको लागि रुपन्देही नेपालको एक हबकै रुपमाविकास भईरहेको छ । त्यही रुपन्देही जिल्लामाअवस्थित दियालो फुडल्यान्डले विभिन्न सेवाहरु उचितमुल्यमा उपलब्ध गराईरहेको छ ।
बुटवलको मिलनचोक मा रहेको दियालो फुडल्यान्डले विवाह,ब्रतवन्ध ,जन्मदिनबिशेष ,विभिन्नकार्यक्रम गर्न मिल्ने हल जस्ता सेवाहरु पुर्याईरहेको छ । यतिमात्रै नभई यसले विभिन्न स्वादिष्ट नेपाली, इन्डियन,चाईनिज ,कन्टीनेन्टल खानाहरु को पनि सेवाहरु उपलब्ध गराउने गर्दछ । साथसाथै सामान्य कोठा देखि उच्चआरामदायी बस्ने कोठाहरु बुटवलको मिलनचोक र भरतपुर बाट उपलब्ध गराईरहेको छ । समान्यनागरिक देखि सेलिब्रेटीहरुको रोजाई बन्नपुगेको छदियालो फुडल्यान्ड । सामान्यकार्यक्रम गर्ने देखि लिएर ठुलो कार्यक्रम गर्न मिल्ने हो दियालो फुडल्यान्ड ।
यसै गरी अत्याधुनिक रुपमाबनाइएको दियालो को आर्को शाखाहो कालिकानगरको दियालो फुडल्यान्ड । यस शाखा बाट विशेष सेवाहरु यसले प्रदान गर्ने गर्छ जसमा विवाहकार्यक्रम ,छलफल , अर्न्तक्रिया , सम्मेलन जस्ता आनन्ददायी रुपले गर्न मिल्छ । यो विशेष गरेर सम्भ्रान्तवर्गको रोजाई बन्नपुगेको छ ।मिलनचोक र कालिकानगर दियालो फुडल्यान्ड शाखाको व्यवस्थापन हेरिरहेका छन् ३४ बर्षीय एक शालिन , चिटिक्क शरीर भएको र मिजासिलो व्यवहार भएको शकर न्यौपाने । विगतएक दशक देखि उपभोक्त्ताहरु लाई उन्नत सेवाप्रदान गर्न आतुर छन् । म दियालो पुग्दाँमुसुक्कहासेर स्वागत गर्न तमतयार थिएभन्ने मात्रै हैन नयाँ सोच र खोजको लागिपनिप्रयासरत थिए । हेर्दा दियालो फुडल्यान्ड सफा , चिटिक्क र अत्याधुनिक रुपले सजाईएको थियो । साथसाथै नेपाल ,नेपालीको अनुभुतीहुने गरी भेषभुषा,खानपान ,संस्कृति र आवरण झल्किन्थ्यो ।त्यति मात्रै होईन आतिथ्यताप्रदान गर्नेहरु पनि सहयोगीपाए ।
पछिल्लो समयमा हेर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र गौतम बुद्ध जन्मस्थललक्षित गरेर रुपन्देही र कपिलवस्तुमाथुप्रै होटेल तथा रेष्टुरेन्टहरु खुलेका छन् । तर मात्रै खुलेर हुदैन त्यो लक्षितपक्षपोषण गर्ने कानुनहरुको पनिखाँचो देखिन्छ । साथसाथै विभिन्न सरकारहरुले हवाई देखि लिएर भाडाको सवालमापनि सोचविचार गर्नुपर्ने देखिन्छ । वास्तवमाभन्ने हो भने नेपाल पर्यटन र उर्जा बाट मात्रै समृद्ध हुन सक्छ भन्ने कुरा अर्थविदहरुले जोड दिन्छन् ।भारतीय पर्यटकहरु नेपालआउँदा नेपालको कानुनले गर्दा सिमित पैसा बोक्नुपर्ने बाध्यता छ यो कुराहरु प्रतिकानुन बनाउनेहरुको ध्यानजानु जरुरी देखिन्छ । देश विकासको महत्वपुर्ण संवाहक पर्यटन हो यसलाई मलजल गर्नुपर्ने देखिन्छ । बढदो आर्थिक संकटलाई केहीहद सम्म कम गर्न र बजार चलायमान गर्न यसको बिशेष रुपले विकास गर्नु अतिआवश्यक देखिन्छ । विशेष गरेर बुटवल देखि नारायनगढ र मुग्लिङ देखि पोखरा सम्मको बाटो छिटो भन्दा छिटो निर्माण गर्नुपर्दछ भन्ने राज्यको ध्यान आकृष्ट हुनुपर्दछ ।अन्तयमा बाटोहरु पनिकमधुलो युक्तबनाउने तर्फ राज्य अग्रसर हुनुपर्दछ ।
लेखक
बलिराम गुप्ता
मोबाइल न. ९८४६९६८६१५
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

