दिपेन्द्र खत्री-२७ माघ,अर्घाखाँची ।
भगवान् पनि कति निस्ठुरी
जन्म लिएकाे पाँच महिना नपुग्दै याे संसार छाडेर जानु पर्याे,
आफ्नाे काेख वाट जन्म लिएकाे सन्तान गुमाउनु काे पिर अामा लाई भन्दा कस्लाई पाे हुन्छ र,हे भगवान् बरु सन्तान नै नदिए राम्राे नी
अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा वि:स २०७७ साल ६ महिना १६ गते बिस्णु परियार काे काेख बाट जन्म ल्याएका राजु परियार काे अाज विहानै निधन भएकाे छ।
बुकुने परियार र पुतली परियारकाे नाति राजेन्द्र परियार र विस्णु परियार काे छाेरा राजु परियार उनी,जिल्ला अस्पताल गुल्मी मा जन्मिए उनी जन्मदै अपाङ्ग भएर जन्मिए ,बिचरा उनकाे के दाेस,उनी जन्मदै उनका दुई हातनै थिएनन्।

अाज जन्मिएको ५ महिना नपुग्दै अामा बिस्णु परियारको काेख रित्तियाे,वनमा लागेकाे अागाे पाे सबैले देख्छ,तर मनमा लागेकाे अागाे अाफ्नाे मनलाई मात्र थाहा हुन्छ,भनेझैं अाफ्नाे सन्तान गुमाउदाकाे पिडा हामी कल्पना पनी गर्न सक्दैनै,

मृतक राजु परियार काे भबिस्य उज्ज्वल बनाउने उदेश्य सामाजिक संघ सस्थामा सहयाेग रकम उठिरहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

