Rashtriya Dainik

विनयी त्रिवेणी ७ अन्तर्गत रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा एच.भि.पि. अभियान

आरपि उपाध्याय / नवलपरासी ,२१ माघ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा एच.भि.पि. अभियान २०८१ कार्यक्रम सम्पन्न भएको छ।

वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि खोप अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
विनयी त्रिवेणी गा.पा. वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षता तथा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वडा न.७ अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुका प्रधानाध्यापक एवं प्रतिनिधि, वडा सदस्य, संघसंस्थाका प्रतिनिधि,स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेकोे थियो।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले एच.भि.पि. अभियान सम्बन्धि सहजीकरण गर्दै कार्यक्रमलाई सफल पार्न सम्पुर्ण सरोकारवाला निकायको पुर्ण सहयोग हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा स्वास्थ्य चौकीको सि.अ.हे. राधिका भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा सहभागी र सहजकर्ता बिच विषयवस्तु केन्द्रित छोटो अन्तर्कृया पनि भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित