राष्ट्रिय दैनिक / नवलपरासी ,२१ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा अवस्थित राेशन ज्याेति बाेर्डिङ स्कुलकाे १२ औं बार्षिक उत्सव सम्पन्न भएको छ।

स्कुलका संस्थापक राेहित गाैडकाे अध्यक्षता तथा सुभान अलि अन्सारीको प्रमुख आतिथ्यमा एक कार्यक्रम बिच १२ औं बार्षिक उत्सव सम्पन्न भएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ४ वडा सदस्य रन्जना महताे , सरावल १ स्वास्थ्यचाैकी इन्चार्ज अशाेक पाण्डेय , पत्रकार उमेश बि.क , गायक राम श्रेष्ठ लगाएतले विद्यालयकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।

स्कुलकाे १२ औं बार्षिक उत्सव सहित सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम समेत गरिएको थियो । शिक्षिका सन्धया यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन शिक्षक नागेन्द्र यादवले सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

