Rashtriya Dainik

पत्रकार महासँघ बझाङ शाखाको पाचौं साधारणसभा सम्पन्न

उत्तमकुमार थापा बझाङ

नेपाल पत्रकार महासँघ बझाङ शाखाको पाचौं साधारणसभा सम्पन्न भएको छ ।

अाज एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा सम्पन्न भएको हाे । पाचौं साधारणसभा पत्रकार महासँघका अध्यक्ष जगदीश राेकायाकाे अध्यतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य जन्मदेव जैशी विशिष्ट अतिथिमा पत्रकार महासँघका बझाङ शाखाका पुर्व अध्यक्ष जगत खड्का प्रमुख जिल्ला अधिकारी कमल भण्डारी डिएसपी रुपक खड्का पत्रकार महासँघका उपाध्यक्ष सम्राट सिह लगाएत सबै पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

अाज भएको पाचौं साधारणसभा पत्रकार महासँघकाे अहिले सम्मकाे प्रगति प्रतिवेदन,पत्रकारका समस्या देखि अहिले सम्म पत्रकारले समाजमा खेलेको भुमिका बारे महासँघ काेषाअध्यक्ष राजेन्द्र सिहले जानकारी गराएको हाे । अाज भएको कार्यक्रममा महासँघकाे जग्गा किन्ने र भवन बनाउने भन्दै अागामी दिनकाे विषयमा अगाडि बढ्ने उहाको भनाइ थियाे । प्रमुख अतिथि रहनु भएका जैशीले भने , पत्रकार महासँघले पत्रकारहरुकाे समस्या बारे बाेल्ने र देशकाे यथार्थ घटिरहेको घटनाकारे जसरी अहिलेसम्म लेखिएको छ अझै शसक्त ढङ्गले अगाडि बढ्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित