Rashtriya Dainik

पर्सामा मानवबेचबिखनमा संलग्न रहेको ४ जना पक्राउ 

वीरगन्ज /१८ माघ

पर्सा प्रहरीले मानव बेचबिखनमा कार्यमा संलग्न रहेको चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनार्वाको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार स्थित संचालनमा रहेको होटलहरुमा चेकजाँच गर्ने क्रममा मानव बेचबिखन तथा विभिन्न किसिमको आर्थिक प्रलोभनमा पारी शाररिक सम्पर्क गराई वेश्या बृतीमा लगाईरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतका बरदहिया वडा नम्बर ११ बस्ने मेघराज राय,महोतरी भगहा वडा नम्बर २ टिकुलीया बस्ने बर्ष ३२ को सुक्राती चौधरी,ओख्लढोगा देवाली गाँऊपालिका वडा नम्बर ५ बर्ष ३३को दिपेश राई र बारा जितपुरको मिरा कुमारी महतोलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका चाँर जनालाई मानव बेचबिखन तथा ओसारपोसार ऐनमा मुद्दा चलाएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक सुबास भट्टले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित